1. जोडा मिलाई सहि विकल्प छान्नुहोस् ।
ग्रह रङ
a. शनि 1. हरियो
b. अरुण 2. पहेँलो
c. शुक्र 3. चम्किलो
d. वरुण 4. नीलो
A) a1,b2,c3,d4 B) a2,b1,c3,d4 C) a2,b1,c4,d3 D) a2,b3,c1,d4
2. तलका भनाई विचार गर्नुहोस् ।
१. सार्क स्थापना हुँदा नेपालमा प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द थिए ।
२. सुगौली सन्धि हुँदा नेपालमा प्रधानमन्त्री भीमसेन थापा थिए ।
३. अन्टर्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
3. तल दिइएका भनाईहरु मध्ये कुन गलत छ ?
A. विश्वको पहिलो टेष्ट्युव बेबी लुईस ब्राउन हुन ।
B. सर्वप्रथम जैविक प्रविधि शब्दको प्रयोग नामकरण गर्ने व्यक्ति Kary Mullis हुन ।
C. हाड सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई Osteology भनिन्छ ।
D. नेपालको पहिलो टेष्ट्युव बेबी ओममणी तामाङ हुन ।
4. पेन्सिलिनका आविष्कार देहायका मध्ये को हुन ?
A. ग्यालिलियो ग्यालिलि B. जे.यल,वेयर्ड
C. अलेक्जयाण्डर फ्लेमिङ D. अल्वर्ट आईस्टाईन
5. आँखाले सोझै हेर्न नमिल्ने वस्तुलाई प्रयोग गरिने यन्त्र कुन हो ?
A. हेलिस्कोप B. टेलिस्कोप C. पेरिस्कोप D. माईक्रोस्कोप
6. तलका भनाई विचार गरि सहि विकल्प छान्नुहोस् ।
१. दिगो विकासका लागि नेपालमा सर्वप्रथम लागु भएको रणनीति राष्ट्रिय संरक्षण हो ।
२. Our Common Future नामक प्रतिवेदन ब्रुटल्याण्ड कमिसनले सन् १९८७ मा पेश गरेको हो ।
३. सर्वप्रथम ओजोन तह पातलिदै गएको तथ्य पत्ता लगाउने जे.सी फारम्यान हुन ।
A. १,२ गलत B. २,३ गलत C. १,२ ठिक D. १,३ ठिक
7. नेपाल कहिले विमस्टेकको सदस्य बनेको हो ?
A. २००४ फेबू्रअरी २ B. २००४ फेबू्रअरी ६
C. २००४ फेबू्रअरी ८ D. २००४ फेबू्रअरी ४
8. जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरुको १५ औ सम्मेलन कहाँ सम्पन्न भएको हो ?
A. ब्राजिलको रियो दि जेनेरियो B. जापानको, टोकियो
C. स्पेनको म्याड्रिडमा D. क्यानडाको मोन्ट्रियल
9. राष्ट्रिय जनगणना २०७८ अनुसार आफ्नै स्वामित्वको घरमा बसोबास गर्ने परिवारहरु कति रहेका छन ?
A. ६८.० B. १२.८ C. ८६.० D. ७५.०
10. जोडा मिलाउनुहोस् ।
महादेश पर्वत
a. उत्तर अमेरिका 1. एटलस
b. दक्षिण अमेरिका 2. आल्पस
c. अन्टार्कटिका 3. एण्डीज
d. अफ्रिका 4. एल्सवर्थ
e. युरोप 5. रकी
A) a5,b3,c4,d2,e1 B) a5,b3,c2,d1,e4
C) a5,b2,c3,d4,e1 D) a5,b3,c4,d1,e2
11. स्केन्डिनेभियन क्षेत्रमा नपर्ने मुलुक निम्न मध्ये कुन हो ?
a. स्विडेन b. रुस c. डेनमार्क d. आईसल्याण्ड
12. अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोहीहरुलाई बढी सहयोग गर्ने राष्ट्र कुन हो ?
A. फ्रान्स B. स्पेन C. हल्याण्ड D. बेलायत
13. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्य सम्ममा कृषि श्रम उत्पादकत्व (अमेरिकी डलर) कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ५४९ B. ७१५ C. ३,१३४ D. ४,३४८
14. जोडा बारे विचार गरी सहि उत्तर छनोट गर्नुहोस् ।
विशिष्ट एजेन्सी प्रधान कार्यालय
1. WHO- जेनेभा
2. UNWTO- म्याड्रिड
3. UNDP – नैरोवी
4. UNEP – न्युयोर्क
A. सबै सहि B. १,२ सहि ३,४ गलत
C. १,२ र ३ सहि ४ गलत D. १,४ सहि ३,२ गलत
15. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गरेको छ ?
A) 22 B) 23 C) 25 D) 21
16. Rule of law index, 2023 मा नेपालको स्थान कति औ मा रहेको छ ?
A) 70 B) 72 C) 71 D) 74
17. नेपालमा विद्युतिय राहदानी (E- Passport) को सूरुवात कहिले देखि भएको हो ?
A. वि.सं. २०६७ पुष ११ B. वि.सं. २०७८ मंसिर १
C. वि.सं. २०७६ पुष ११ D. वि.सं. २०७७ पुष ११
18. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संग्राहलय अवस्थित
a. चेपाङ 1. बछ्यौली, चितवन
b. लेप्चा 2. शक्ति खोर, चितवन
c. तामाङ 3. अन्तुडाँडा, इलाम
d. थारु सांस्कृतिक 4. धुञ्चे, रसुवा
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a2,b3,c1,d4
19. नेपालले सर्वप्रथम कुन देशमा शान्ति मिसनमा सेना पठाएको थियो ?
A. लेवनान B. युगोस्लोभिया C. इण्डोनेसिया D. कम्बोडिया
20. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. नेपालको संविधान, २०१९ 1.धर्म निरपेक्ष घोषणा
b. अन्तरिम संविधान, २०६३ 2.राजा महेन्द्र
c. नेपाल अधिराज्यको संविधान, २०४७ 3.सार्वभौमसत्ता जनतामा
d. नेपाल सरकार वैधानिक कानुन, २००४ 4.नेपालको पहिलो संविधान
5. राजकीय सत्ता श्री ३ मा
A) a2,b1,c3,d4 B) a1,b5,c4,d3 C) a2,b1,c4,d3 D) a2,b5,c4,d1
उत्तरहरु:
1. B 11. B
2. D 12. A
3. B 13. B
4. C 14. B
5. B 15. A
6. C 16. C
7. C 17. B
8. D 18. B
9. C 19. A
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 421