1. १६ औ योजनाले योजनाको अन्तिम सम्म कुल गार्हस्थ उत्पादनमा वन क्षेत्रको योगदान कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ३ B. ५ C. १० D. ८
2. आर्थिक सर्वेक्षण २०८०/८१ ऋनुसार गरिबीको रेखामुनी रहेको जनसंख्या ग्रामीण क्षेत्रमा कति प्रतिशत रहेको छ ?
A) 18.34% B) 20.27% C) 24.66% D) 25.67
3. आगामी ११ औ ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हँदैछ ?
A. श्रीलंका र भारत २०२६ B. न्युजिल्याण्ड र अष्ट्रेलिया २०२८
C. अमेरिका र क्यानडा २०२६ D. भारत र ईग्ल्याण्ड २०२८
4. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका जोडा विचार गरि सहि जोडा कुन हो छनौट गर्नुहोस् ।
प्रदेश लैंगिक अनुपात
1. कोशी – ९५.०२
2. बागमति – ९९.३६
3. गण्डकी – ९०.३७
4. सुदुरपश्चिम – ८९.५१
A) 1 and b B) all of above C) 2 and 3 D) 3 and 4
5.’Global Gender Gap Report’ नामक प्रतिवेदन कुन संस्थाले सार्वजनिक गर्दछ ?
A) WNDP B) Women Empowerment circle
C) UNWOMEN D) World economic Ferum
6. वि.सं. १८४६ मा नेपाल र तिब्बत विच कुन सन्धी भएको थियो ?
A. वेत्रावत्ती सन्धी B. केरुङ सन्धी C. वाणिज्य सन्धी D. थापाथली सन्धि
7. विश्वकै सबैभन्दा ठूलो विज्ञान प्रविधि संग्रालय कहाँ निर्माण गरिएको छ ?
A. चिन B. रसिया C. बेलायत D. अमेरिका
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
1. A brief History of Time a. आर्किमिडिज
2. Nevertheless it moves b. स्टिफिन हकिन्स
3. Genius is 1% inspiration and 99% perspiration c. ग्यालिलियो ग्यालिलि
4. Give me a place to stand on and I can Move the word d. थोमस एल्भा एडिसन
A)1-b,2-c,3d,4-b B) 1-b,2-c, 3-d, 4-a C) 1-a,2-b,3-c,4-d D) 1-d,2-a,3-b,4c
9. निम्न मध्ये कुन जातिलाई कारभोटे भनिन्छ ?
A. राउटे B. कुसुण्डा C. ल्होमी D. चेपाङ
10. क्षेत्रफलका हिसाबले ठूलो देखि सानो क्रममा देहायमा उल्लेखित महादेशहरुमा कुन क्रम ठिक छ ?
A. एशिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका B. एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका
C. एशिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका D. एशिया, उत्तर अमेरिका, अफ्रिका, दक्षिण अमेरिका
11. सबैभन्दा बढी भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?
A. दक्षिण अमेरिका B. युरोप C. एशिया D. अफ्रिका
12. त्रिभूवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
A. भारत B. चीन C. अमेरिका D. जापान
13. सदस्य राष्ट्रहरुलाई बाध्यकारी प्रस्तावहरु जरी गर्ने अधिकार भएको संयुक्त राष्ट्र संघको एक मात्र अंग कुन हो ?
A. सचिवालय B. सामाजिक परिषद् C. सुरक्षा परिषद् D. महासभा
14. बिमस्टेकको महासचिवको पदावधि कति वर्षको हुन्छ ?
A. ३ वर्ष B. ४ वर्ष C. ५ वर्ष D. ६ वर्ष
15. उत्तर अमेरिकाको रक्की पर्वतबाट उत्पति भएका प्रमुख नदीहरु कुन कुन हुन ?
१) मिसिसिपी २) मिसौरी ३) कोलोराडो ४) रियो ग्रान्ड ५) कोलम्बिया
A. १,२ र ३ मात्र B. २,३ र ५ मात्र C. १,२,३ र ४ मात्र D. माथिका सबै
16. मुन्डक,मुन्डक्य र प्रश्न उपनिषद कुन वेदसँग सम्बन्धित छन ?
A. ऋग्वेद B. यजुर्वेद C. सामवेद D. अर्थवेद
17.देहायका मध्ये कुन संगठन संयुक्त राष्ट्र संघको विशिष्टीकृत एजेन्सी होईन ?
A) WTO B) WHO C) WIPO D) WMO
18.पूर्वदेखि पश्चिम देशान्तरको आधारमा क्षेत्रीय सहयोग संगठनहरुको भौगोलिक अवस्थितिको कुन क्रम ठिक हो ?
A. युरोपियन युनियन, आयियान, सार्क र ओपेक B. आसियान, सार्क, ओपेक, युरोपियन युनियन
C. सार्क, आसियान, युरोपियन युनियन, ओपेक D. आसियान, ओपेक, सार्क, युरोपियन युनियन
19.तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. सन् १९८६ मा आर्थिनसले Green House Effect को बारेमा जानकारी दिएका थिए ।
B. ओजोन तहको खोजी गर्ने वैज्ञानिक जे.सी फारम्यान हुन ।
C. सर्वप्रथम अम्ल वर्षाको अवधारणा ल्याउने व्यक्ति डा. थोमस मिज हुन ।
D. पर्यावरणीय पर्यटनको अवधारणा हेक्टर सवालोस लास्कुरेनले ल्याएका हुन ।
20.राणाकालमा मुद्रा विनिमय सम्बन्धी कार्य कुन निकायले गर्दथ्यो ?
A. सरावखाना B. दप्तरखाना
C. कमाण्डरी किताबखाना D. सदरमुलुकीखाना
उत्तरहरु:
1. B 11. B
2. C 12. A
3. B 13. C
4. B 14. A
5. D 15. B
6. B 16. D
7. A 17. A
8. B 18. B
9. C 19. C
10. B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100