प्रदेश सभामा मोरङका जीवन आचार्य विजयी - Chaitanya News
  • 2026-10-13
  • 14:59:28
  • मंगलबार,आश्विन २७, २०८३
  • प्रदेश सभामा मोरङका जीवन आचार्य विजयी

    प्रदेश सभामा मोरङका जीवन आचार्य विजयी

    विराटनगर– पछि परेको अवस्था उल्टाउदै जीवन आचार्य मोरङको क्षेत्र नं. ६(१) मा विजयी भएका छन्।

    माओवादी केन्द्रका आचार्यले एमालेका उम्मेदवार रीता न्यौपानेलाई हराए। उनले १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

    आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन्। २०७४ मा भने जीवन काग्रेसका चुमनारायण तब्बदार सँग पराजित भएका थिए।

    आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ हुन्।