१) तल दिइएको भनाई अध्यया गर्नुहोस र सहि भनाई पत्ता लगाउनुहोस् ।
१. छिटो छिटो घुमिरहने तथा रेडियो तरङ्गहरु दिने तारालाई पल्सार (Pulser) भनिन्छ ।
२. पल्लास, सिरस, जुना, भेस्टा, हर्मेस, इरोज, आदि शिशुग्रहका नामहरु हुन ।
A) १ ठीक २ बेठीक B) २ ठीक १ बेठीक C) दुबै ठीक D) दुबै बेठीक
२) मानव भूगोलका जनक भनेर फ्रेडरिक रिटजेललाई भनिन्छ भने मानव भूगोलको विकास कुन सताब्दीमा भएको हो ?
A) १५ औं B) १६ औं C) १८ औं D) १९ औं
३) एसियाको मेकाङ नदी कति राष्ट्र भएर बग्दछ ?
A) ४ राष्ट्र B) ५ राष्ट्र C) ६ राष्ट्र D) ७ राष्ट्र
४) तलका भनाई विचार गर्नुहोस र सहि भनाई पत्ता लगाउनुहोस् ।
१. सिमान्त हिमाली श्रृङखाला तिब्बतको समानान्नर किनारी क्षेत्र उत्तरसम्म फैलिएको क्षेत्र सीमान्त हिमाल हो ।
२. ६०००-७००० मिटर बीचको तिब्बती पठारको समस्थली क्षेत्र गङगा र साङपोको बीचको क्षेत्र सीमान्त हिमाल हो ।
A) १ ठीक २ बेठीक B) २ ठीक १ बेठीक C) दुबै ठीक D) दुबै बेठीक
५) समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
समूह I समूह II
A. नेपाल राज्य 1. धारा ६
B. राष्ट्रभाषा 2. धारा ५
C) राष्ट्रिय झण्डा 3. धारा ४
D) राष्ट्रिय हित 4. धारा ८
A) A-3, B-1, C-4, D-2 B) A-3, B-2, C-4, D-1
C) A-4, B-3, C-1, D-2 D) A-2, B-4, C-3, D-1
६) नेपालमा पहिलोपटक संविधान सभाको निर्वाचन कहिले सम्पन्न भएको थियो ?
A) वि.सं. २०६३ चैत २८ B) वि.सं. २०६४ चैत्र २८
C) वि.सं. २०६५ चैत्र २८ D) वि.सं. २०६४ चैत २७
७) टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?
A) भारत B) इङ्गल्याण्ड C) न्यूतिल्याण्ड D) श्रीलंका
८) राष्ट्रिय कर दिवस, २०७९ को मूल नारा तलको मध्ये कुन हो ?
A) हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको. दिगो भर
B) स्वच्छ कर प्रशासन विकास र सुशासन
C) स्वच्छ, पारदशी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन
D) स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार
९) तलका भनाईहरु विचार गर्नुहोस् ।
A) अन्तर्राष्ट्रिय श्रम संगठनले सन् ज्ञढठण् मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
B) एसिया महादेशबाट संयुक्त राष्ट्रसंघको महासचिव हुने पहिलो व्यक्ति उ थान्स हुन् ।
C) सार्कको सर्वोच्च अङ्ग शिखर सम्मेलन हो ।
माथिका भनाईहरुमा गलत भनाई कुन होर हुन् ?
A) Aर B मात्र B) A मात्र C) C मात्र D) B मात्र
१०) सार्कका प्रथम महासचिव कुन देशका थिए ?
A) जापान B) भुटान C) बंगलादेश D) अमेरीका
११) कुन स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने भएको छ ?
A) फक्ताङलुङ गाउँपालिका ( ताप्लेजुङ ) B) तुर्माखाँद गाउँपालिका ( अछाम )
C) चुलाचुली गाउँपालिका ( इलाम ) D) मायादेवी गाउँपालिका ( कपिलवस्तु )
१२) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. सार्कका सदस्य राष्ट्रमध्ये अफगानिस्तान संस्थापक राष्ट्र होइन ।
B. नेपालले सन् २००७ मा BIMSTEC को सदस्यता प्राप्त गरेको थियो ।
C. सार्क विकास कोषको सचिवालय भुटानमा छ ।
माथिका भनाईमा गलत भनाई कुन हो वा हुन् ?
A) A मात्र B) B मात्र C) A र B मात्र D) A र C मात्र
१३) संयुक्त राष्ट्रसंघको आहृवानमा विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउने राष्ट्रहरुको सूचीमा नेपाल कति औं स्थानमा रहेको छ ?
A) दोस्रो B) तेस्रो C) चौथो D) पाँचौं
१४) वि.सं. २०७९ असोज २८ देखि शुरु भई कात्तिक ३ मा समापन भएको नवौं राष्ट्रिय खेलकुद कहाँ आयोजना गरिएको थियोे ?
A) बाग्मती प्रदेश B) गण्डकी प्रदेश C) कर्णाली प्रदेश D) मधेश प्रदेश
१५) आर्थिक वर्ष २०७९/८० अनुसार सुदूरपश्चिम प्रदेश को कुल गार्हस्थ उत्पादनको वृद्धिदर कति रहेको छ ?
A) ४.९० प्रतिशत B) ४.९१ प्रतिशत C) ४.९२ प्रतिशत D) ४.९३ प्रतिशत
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100