सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी - Chaitanya News
  • 2026-08-23
  • 01:39:29
  • शनिबार,भाद्र ०६, २०८३
  • सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

    सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

    काठमाडौं– सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला विजयी भएका छन्। ज्वालाले ३५ हजार ७०० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन्। एमालेका राजेन्द्रवीर राईले १३ हजार २९ भोट प्राप्त गरेर तेस्रो स्थान सुरक्षित गरेका छन्।

    सल्यानको प्रदेश सभा ९क० तर्फ नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्माले २२ हजार २४३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका कुलबहादुर गिरीलाई १४ हजार २२५ मतमा रोकेका छन्।

    त्यस्तै प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका सुरेश अधिकारीले २० हजार ४०८ मत ल्याएका छन् । उनी एमालेका गुलाब जंग शाहलाई १६ हजार ६२८ मतमा रोकेर विजयी भएका हुन्।