तनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेसका रामचन्द्र पौडेल विजयी - Chaitanya News
  • 2026-10-13
  • 14:59:26
  • मंगलबार,आश्विन २७, २०८३
  • तनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेसका रामचन्द्र पौडेल विजयी

    तनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेसका रामचन्द्र पौडेल विजयी

    तनहुँ– तनहुँ–१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

    पौडेले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ–१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन्।

    पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए।

    स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन्।