चितवन २ मा (रास्वपा)का सभापति लामिछानेको जित सुनिश्चित - Chaitanya News
  • 2026-10-13
  • 14:59:28
  • मंगलबार,आश्विन २७, २०८३
  • चितवन २ मा (रास्वपा)का सभापति लामिछानेको जित सुनिश्चित

    चितवन २ मा (रास्वपा)का सभापति लामिछानेको जित सुनिश्चित

    काठमाडौं– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ।

    यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन्।

    अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ।

    केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ।