लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 06:08:49
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. विश्वको सबैभन्दा लामो नहर स्वेज नहर हो ।
    २. विश्वको सबैभन्दा ठुलो समुन्द्र क्यारेबियन सी हो ।
    ३. विश्वको सबैभन्दा ठुलो ताजा पानीको ताल सुपेरियर ताल हो ।
    A. १,२ ठिक ३ बेठिक                       B. ३ ठिक १, २ बेठिक
    C. १,३ ठिक २ बेठिक                       D. २ ठिक १,३ बेठिक

    2.’A Promised Land ‘ पुस्तकका लेखक को हुन ?
    A.दलाई लामा                     B. कार्ल माक्र्स            C. माहात्मा गान्धी           D. बाराक ओबामा

    3. भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित वाणिज्य बैंक कुन हो ?
    A.राष्ट्रिय वाणिज्य बैंक            B. ग्लोबल IME           C. नेपाल ईन्भेष्टमेन्ट बैंक    D. नेपाल बैंक लिमिटेड

    4. नेपालको ईतिहासमा बासठीहरण घटना कुन राजाको पालामा भएको थियो ?
    A. रणबहादुर शाह            B. प्रतापसिंह शाह             C. पृथ्वीनारायण शाह           D. गीर्वाणयुद्ध शाह

    5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्ु ।
    समुह I                                  समुह II
    a.चिपको आन्दोलन            1.सिमसार संरक्षण
    b.रामसार कन्भेन्सन           2.वन संरक्षण
    c.क्याटो प्रोटोकल                3.ओजोन तह संरक्षण
    d.मन्ट्रियल प्रोटोकल            4.हरित गृह ग्याँस उत्सर्जन कटौती
    A) a2,b1,c4,d3              B) a2,b1,c3,d4                  C) a4,b2c3,d1            D) a1,b4,c2,d3

    6. बेलायतको गौरवमय क्रान्ति कुन राजाको निरंकुश शासनको विरुद्ध भएको थियो ?
    A.राजा जेम्स प्रथम            B.राजा रामासेस द्धितीय       C. राजा जेम्स द्धितीय           D. राजा जोन

    7. एशिया महादेशमा पर्ने भूपरिवेष्ठित मुलुकहरु मध्ये तल दिइएका मध्ये कुन पर्दैन ?
    A.ताजकिस्तान               B.लाओस                           C.भुटान                     D. बोलिभिया

    8.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १.प्रधानमध्यान्ह रेखाले भुमध्ये रेखालाई काट्दछ ।
    २.उत्तरी धुव्र पत्ता लगाउने व्यक्ति अमेरिकाका रबर्ट पेरी हुन ।
    ३.अक्षाशं रेखा डिग्री, घण्टा, मिनेट, सेकेण्ड एकाइमा नापिन्छ ।
    माथिका दिइएका मध्ये कुन कुन भनाई गलत छ ।
    A.१ मात्र गलत                B.२ मात्र गलत                       C.३ मात्र गलत               D.सबै गलत

    9.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १.विश्वको सबैभन्दा ठुलो उष्ण प्रदेशीय मरुभूमि हो ।
    २.विश्वको सबैभन्दा ठुलो तातो मरुभुमि हो ।
    ३.यो मरुभूमि अफ्रिका महादेशको उत्तरी भागमा फैलिएको छ ।
    माथि दिइएका विशेषताहरु तल दिइएका मध्ये कुन मरुभूमिका विशेषता हुन ।
    A.कालाहरी                    B.अरेबियन                    C.सिरियन                        D.साहारा

    10. ”ESTUARY’ तल दिइएका मध्ये कुन सँग सम्बन्धित रहेको छ ?
    A.जमिनले घेरेको समुन्द्रको भाग                B.नदी समुन्द्रमा मिल्ने स्थान
    C.समुद्री पिधबाट उठेको शिखर                   D.समुन्द्र वा महासागरको भित्रसम्म घुसेको जमिन

    11. सुमात्रा टापु कुन महासागरमा अवस्थित रहेको छ ?
    A.प्रशान्त महासागर                B.आन्ध्र महासागर
    C.हिन्द महासागर                   D.सुमेरु महासागर

    12.उत्तर हिमाल देखि दक्षिण र महाभारत र चुरे पर्वतसम्म फैलिएका जिल्ला कुन कुन हुन ?
    A.धादिङ र हुम्ला                      B.धादिङ र सिन्धुपाल्चोक
    C.हुम्ला र सिन्धुपाल्चोक             D.सिन्धुपाल्चोक र डोल्पा

    13. तल दिइएका मध्ये कुन जिल्लाको क्षेत्रफल बराबर रहेको छ ?
    A.बर्दिया र डोटी          B. बर्दिया र रामेछाप            C.बर्दिया र रामेछाप        D. तनहुँ र डोटी

    14. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
    A. कैलाश गुफा – बझाङ
    B. पाण्डवेश्वर मन्दिर – दाङ
    C. सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर – मुक्तिनाथ
    D.स्याङबुचे विमान स्थल – सोलुखुम्बु

    15. शिवालिक पर्वतु भन्नाले नेपालको कुन पर्वत मालालाई जनाउदछ ?
    A.भित्रि मधेशको खण्डित पर्वत श्रेणी             B. हिमालय पर्वतमाला
    C.महाभारत पर्वतमाला                                 D.चुरेपर्वतमाला

    16.नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र बेलायत हो । भने दोस्रो राष्ट्र कुन हो ?
    A. फ्रान्स                     B. भारत                      C. संयुक्त राज्य अमेरिका                     D. चीन

    17.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १.अन्तर्राष्ट्रिय श्रम संगठनले सन् १९६९ मा नोबेल शान्ति पुरस्कार पाएको थियो ।
    २.नेपाल सर्वप्रथम इकाफे अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको हो ।
    ३.संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्र ५१ वटा रहेका छन ।
    A.१ मात्र सहि                  B. २,३ मात्र सहि             C. १,३ मात्र सहि                      D. सबै सहि

    18. सुरक्षा परिषदमा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
    A. बेलायत                        B. रसिया                    C. फ्रान्स                                D. जर्मनी

    19.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्ययोर्कमा रहेको छ ।
    २. युरोपेली संसदको स्थापना सन् १९५२ सेप्टेम्बर १० मा भएको हो ।
    ३. युरोपेली संघका आधिकारिक भाषा ३० वटा रहेका छन ।
    A. १,३ मात्र सहि                     B. २,३ मात्र सहि             C.१,२ मात्र सहि                D.सबै सहि

    20.काठमाडौँमा युरोपेली युनियनको राजदुतावास कहिले स्थापना भएको हो ?
    A. सन् १९९१                     B. सन् १९९२                   C. सन् १९९३                     D. सन् १९९४

    उत्तरहरुः

    1. B            11. C
    2. D           12. B
    3. B           13. A
    4. A           14. A
    5. A           15. D
    6. C           16. C
    7. D           17. D
    8. C           18. A
    9. D          19. C
    10. B         20. B

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100