लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 04:53:21
  • शुक्रबार,जेठ ०८, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. भरत ताल कुन जिल्लामा पर्दछ ?
    A. चितवन B. सर्लाही
    C. सिन्धुपाल्चोक D. सल्यान

    2. देहायका भञ्ज्याङ पुर्वबाट पश्चिमतर्फ क्रम मिलाउनुहोस् ।
    A. टिपताला, पोपटी, लार्के, नाम्जा, चिमला
    B. टिपताला, पोपटी, लार्के, मारिम, नाम्जा, चिमला
    C. पोपटी, टिपताला, लार्के, मारिम, चिमला, नाम्जा
    D. टिपताला, मारिम, लार्के, पोपटी, चिमला, नाम्जा

    3. समान भौगोलिक अक्षांशमा भएर पनि हावापानीमा विषमता भएका ठाउँ कुन कुन हुन ?
    A. नेपालगंज र नाम्चे बजार B. जीरी र काठमाडौँ C. सिमीकोट र जलेश्वर D. सबै सहि

    4. म्याग्नाकार्टामा अनुसूची बाहेक कति धारा रहेका छन ?
    A. ६१ धारा B. ६२ धारा C. ६३ धारा D. ६४ धारा

    5. भुमध्ये रेखालाई काटेर गएको एकमात्र नदी तलका मध्ये कुन हो ?
    A. यान्जे B. एनिसि C. नाईल D. कंगो

    6. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. चुम्बकीय क्षेत्रविहिन ग्रह शुक्र हो ।
    २. उपग्रह र वायुमण्डलमा नभएको ग्रह बुध हो ।
    ३. बुध ग्रहलाई सर्वप्रथम परिक्रमा गर्ने यान मेरिनर १० हो ।
    A. सबै सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत

    7. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. नुनीलो महासागर – प्रशान्त महासागर
    २. उत्तरी ध्रुवदेखि दक्षिणी धु्रवसम्म फैलिएको महासागर – आन्द्र महासागर
    ३. दक्षिणी धु्रवीय महासागर – कुमेरु
    ४. उत्तर धु्रवीय महासागर – सुमेरु
    A. १ मात्र सहि B. २ मात्र सहि C. सबै सहि D. सबै गलत

    8. अफ्रिकन यूनियनको प्रधान कार्यालय कहाँ रहेको छ ?
    A) South Africa B) Ethiopia
    C) Eygypt D) Ghana

    9. अष्ट्रियाले कुन देश माथि आक्रमण गरेपछि प्रथम विश्वयुद्धको सुरुवात भएको थियो ?
    A. पोल्याण्ड B. सर्विया C. जर्मनी D. स्पेन

    10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    नेपालमा सर्वप्रथम नाम
    a. राजसभा स्थायी समितिका सभापति 1. हरिप्रसाद प्रधान
    b. न्यायधिवक्ता 2. डा.कुँवर ईन्द्रजित सिंह
    c. निर्वाचन आयुक्त 3. सुरेन्द्र बहादुर बस्नेत
    d. प्रधान न्यायालयका प्रधानन्यायधीश 4. कालिप्रसाद
    A) a2,b1,c3,d4 B) a2,b1,c4,d3
    C) a1,b2,c3,d4 D) a2,b4,c3,d1

    11. नेपाल अधिराज्य संविधान, २०१५ को मस्यौदा समितिको अध्यक्ष को थिए ?
    A. ऋषिकेश शाह B. भगवती प्रसाद सिंह
    C. विश्वनाथ उपाध्याय D. सुरेन्द्र बहादुर बस्नेत

    12. दक्षिण एशियामा सबैभन्दा धेरै बलि दिने मेलाको रुपमा चर्चीत गढीमाई नेपालको कुन जिल्लामा पर्दछ ?
    A. मकवानपुर b. बारा C. पर्सा D. रौतहट

    13. सुर्य व्रह्माण्डको केन्द्र हो पृथ्वी होईन ? पृथ्वीलगायत अन्य सबै ग्रहहरु सुर्यको वरीपरि घुम्छन यो भनाई कसको हो ?
    A. आर्किमिडिज B. चाल्र्स डार्विन
    C. ग्वालिलियो ग्वालिलि D. न्युटन

    14. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. जिका भाईरस पहिलो पटक १९४७ मा युगाण्डामा पत्ता लागेको थियो ।
    २. जिका जंगलको नामबाट यसलाई जिका भाईरस भनिएको थियो ।
    A. १ मात्र सहि B. २ मात्र सहि
    C. दुवै सहि D. दुवै गलत

    15. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा ऋणात्मक भएका ५ जिल्लाहरुको सही क्रम कुन हो ?
    A. भक्तपुर, रुपन्देही, चितवन, बाँके, झापा
    B. रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम
    C. रामेछाप, चितवन, खोटाङ, मुस्ताङ, मनाङ
    D. रामेछाप, मनाङ, खोटाङ, मुस्ताङ, हुम्ला

    16. ईन्डियन प्रिमियर लिग २०२३ का उत्कृष्ट खेलाडी को हुन ?
    A. शुभमन गिल B. महोम्मद सामी
    C. यशस्वी जैसवाल D. डेविड वारनर

    17. आरोहणका लागि खुल्ला गरिएका ४१९ हिमालहरु राजपत्रमा कहिले प्रकाशित गरिएको हो ?
    A. वि.स २०८० जेठ २७ B. वि.स २०८० जेठ २८
    C. वि.स २०८० जेठ २९ D. वि.स २०८० जेठ ३०

    18. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल ग्राहस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान कति रहेको छ ?
    A. २४.३ प्रतिशत B. २४.४ प्रतिशत
    C. २४.५ प्रतिशत D. २४.६ प्रतिशत

    19. गौतम बुद्धले आफ्नो प्रथम गुरु कसलाइृ बनाएका थिए ?
    A. चन्ना B. आलार कलाम
    C. प्रजापति गौतम D. रुद्रक

    20. जिरेल जातिको मुख्य बसोबास स्थल कहाँ रहेको छ ?
    A. दोलखा B. दार्चुला
    C. संखुवासभा D. सोलुखुम्बु

    1. B    11. B
    2. B   12. B
    3. A   13. C
    4. C   14. C
    5. D   15. A
    6. A   16. A
    7. C   17. C
    8. B   18. D
    9. B   19. B
    10. D  20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100