1. महिला तर्फ फिफा सर्वश्रेष्ठ फुटबलर २०२४ घोषित हुने खेलाडी को हुन ?
A. आईतावा बोनमती B. एशले गार्डनर C. सरिना विगम्यान D. जान्ना मुस्ताफा
2. अफगानिस्तानले कुन दक्षिण एशियाली राष्ट्रको मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको छ ?
A. बंगलादेश B. भारत C. पाकिस्तान D. नेपाल
3. नेपालमा तलका वाणिज्य बैङ्कहरु सञ्चालन भएका मितिका आधारमा कुन क्रम ठीक छ ?
A. Global IME Bank Ltd B. Bank of Kathmandu Ltd
C. Nabil Bank Ltd D. Lumbini Bank Ltd
A C, B, D, A B. C, B, A, D C. C, D, A, B D. C, D, B, A
4. समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
a. बेसार 1. सुनसरी
b. आँप 2. सिराहा र बर्दिया
c. बेल 3. बाँके
d. मुसुरो दाल 4. सप्तरी
A. A-1, B-2, C-4, D-3 B. A-1, B-4, C-2, D-3
C. A-1, B-4, C-3, D-2 D. A-4, B-1, C-2, D-3
5. हिरा र कोइला के बाट बनेको हुन्छ ?
A. कार्बन B. हाइड्रोजन C. हिलियम D. नाइट्रोजन
6. कृत्रिम रेसाहरु कति प्रकारका हुन्छन् ?
A. ४ B. ५ C. ८ D. २
7. ‘Origin of the Species ‘ नामक पुस्तक कुन विद्धानले लेखेका हुन् ?
A. माइकल फराडे B. चान्र्स डार्विन C. एडवर्ड जेनर D. सर आइज्याक न्युटन
8. निम्नलिखित जोडाबारे विचार गर्नुहोस् ।
भिटामिन कमिबाट लाग्ने रोग
१. Vitamin E रिकेट्स
२. Vitamin D रक्त अल्पता
३. Vitamin C स्कर्भी
४. Vitamin A रतन्धो
माथि दिइएका जोडाहरु मध्ये कुन जोडा सहि हो ?
A. १ र २ B. ३ र ४ C. ४ मात्र D. २, ३, ४ मात्र
9. तलका कथनहरु सही गलत छुट्याउन्होस् ।
a. साइबर अपराध नियन्त्रणका लागि नेपालमा प्रहरी मुख्यालयमा डिजिटल फरेन्सिक ल्यावको स्थापना गरिएको छ ।
b. वैज्ञानिक एडवार्ड विल्सनले कालो छिद्र बारेमा पुस्तक लेखेका थिए ।
A. १ ठीक २ बेठीक B. २ ठीक १ बेठीक C. दुबै ठीक D. दुबै बेठीक
10. चिपको आन्दोलनको सुरुवात कसले गरेका थिए ?
A. प्रकाशचन्द्र लोहनी B. डा. कुमारप्रसाद पाण्डे C. सुन्दरलाल बहुगुणा D. मुकेस चालिसे
11. रेड डाटा बुकको प्रकाशनको सुरुवात कहिलेबाट भएको हो ?
A. सन् १९६६ B. सन् १९९५ C. सन् १९९० D. सन् १९९१
12. पञ्चायती व्यवस्थामा प्रथम आमनिर्वाचिन कहिले भएको थियो ?
A. वि.सं. २०३७ बैशाख २७ B. वि.सं. २०३७ जेठ २७
C. वि.सं. २०३८ बैशाख २७ D) वि.सं. २०३८ जेठ २७
13. नेपालको संविधानले तलको मध्ये कुन अवस्थामा अध्यादेश जारी गर्न सक्छ ?
A) संसद्को बैठक चलिरहेको बखत B) संसद्को बैठक वा अधिवेशन नचलेको बखत
C) आफूले आवश्यक ठानेको जति बेला पनि D) संसद्ले स्वीकृत दिएमा
14. नेपालको पहिलो संविधान ‘ नेपाल सरकारको वैधानिक कानुन ’ मा उल्लेख गरिएको मौलिक अधिकारहरुमा निम्न मध्ये कुन पर्दैन ?
A. वाक् स्वतन्त्रता B. धार्मिक स्वतन्त्रता
C. व्यक्तिगत स्वतन्त्रता D. आर्थिक स्वतन्त्रता
15. नेपालको संविधान प्रमाणीकरण कसले गरेको थियो ?
A) प्रधानमन्त्री B) प्रधानन्यायाधीस C) राष्ट्रपति D) सभामुख
16. नेपालको संविधानमा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ ?
A) २० वटा B) २५ वटा C) २९ वटा D) ३१ वटा
17. तलका भनाई विचार गर्नुहोस् ।
१. रामसार महासन्धिमा नेपालमा १० ओटा सिमसार क्षेत्र सूचिकृत भएका छन् ।
२. सबैभन्दा पहिलो सूचिकृत नेपालको सिमसार क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षण हो ।
३. सिमसार क्षेत्रका रुपमा सूचिकृतमध्ये क्षेत्रफलका आधारमा सबैभन्दा सानो घोडाघोडी ताल कैलाली हो ।
माथिका भनाईमध्ये कुन भनाई गलत छ ?
A. १ B. २ C. ३ D. २ र ३
18. नेपाललाई सबैभन्दा बढी बैदेशिक सहयोग गर्ने राष्ट्र कुन हो ?
A. जापान B. रसिया C. भुटान D. अमेरिका
19. सार्कका पर्यवेक्षक राष्ट्र वा क्षेत्र कति वटा रहेका छन् ?
A. ५ वटा B. ७ ओटा C. ९ ओटा D. १० ओटा
20. अफगानस्तानले सार्कको कति औं शिखर सम्मेलनबाट सदस्यता पाएको हो ?
A. १४ औं B. १५ औं C. १२ औं D. १६ औं
1. A 11. A
2. C 12. C
3. B 13. B
4. B 14. D
5. A 15. C
6. D 16. D
7. B 17. C
8. B 18. A
9. A 19. C
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 417