प्रश्न नं.१ खाद्य सुरक्षाको परिचय दिदै खाद्य सुरक्षाका पूर्वशर्तहरु उल्लेख गर्नुहोस ।2+3
उत्तर:- खाद्य सुरक्षा
“खाना पाउने अधिकार:खाद्य सुरक्षाको आधार ”
- सबै नागरिकले आफुले खाने प्रत्येक खुराकमा जहिले पनि प्रर्याप्त,स्वस्थ र पोषणयुक्त खाद्य पदार्थ माथिको आर्थिक र भौतिक पहुँचको अवस्था कायम हुनु नै खाद्य सुरक्षा हो ।
- खाद्य पदार्थ माथिको भौतिक पहुँचले सडक सञ्चाल,राष्ट्रिय वितरण प्रणाली र भौतिक पूर्वाधार लाई जनाउँछ भने आर्थिक पहुँचले मानिसको आम्दानी तथा रोजगारीबाट खाद्य पदार्थ माथिको पहुँचमा प्रभाव पार्ने भएकोले आर्थिक रुपले विपन्न र खाद्य असुरक्षित क्षेत्रमा खाद्यन्नको पहुँच सुनिश्चित गर्नुपर्छ भन्ने मान्यता राख्छ ।
- खाद्य सुरक्षा नागरिकको मानव अधिकार संग सम्बन्धित विषय पनि हो । कुनै पनि व्यक्तिको खान पाउनु नै नैसर्गिक एंव प्राकृतिक आवश्यकताको सहज सम्बोधन भएको अवस्थालाई खाद्य सुरक्षा भनिन्छ ।
- सबैले खान पाउनु पर्छ, खाद्य वस्तुको अभावमा कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन र उपलब्ध खाद्य वस्तु स्वास्थ्यका दृष्टिले स्वस्थ्य अनि पोषिलो हुनु पर्छ भन्ने मान्यता खाद्य सुरक्षाको हो ।
- खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ ले सक्रिय र स्वस्थ्य मानव जीवन यापन गर्न आवश्यक हुने खाद्यमा प्रत्येक व्यक्तिको भौतिक तथा आर्थिक पहुँच सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।
- खाद्य सुरक्षाको प्रत्याभूति प्रदान गर्नु हरेक लोकतान्त्रिक देशको दायित्वको रुपमा रहेको हुन्छ भने नागरिकको अधिकारको रुपमा रहेको हुन्छ ।
- नेपालको संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । जसमा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने संवैधानिक व्यवस्था छ भने उक्त हकलाई अझै प्रभावकारी कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन,2075 रहेको छ ।
खाद्य सुरक्षाका पूर्वशर्तहरु:- खाद्य सुरक्षा सुनिश्चित गरी नागरिकको खाद्य अधिकारलाई प्रत्याभूति गर्न निम्न पूर्वशर्तहरु हुनु जरुरी हुन्छ:-
- मुलुकमा प्रर्याप्त खाद्यान्नको भण्डारण हुनुपर्ने ।
- राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खाद्य वितरण प्रणाली हुनुपर्छ ।
- नागरकलाई खाद्य सुरक्षाको कानुनी र संवैधानिक प्रत्याभुति हुनुपर्छ ।
- जुनसुकै आपतकालिन अवस्थामा प्रर्याप्त आपूर्ति हुनुपर्ने ।
- प्राकृतिक प्रकोपका बेला पनि पर्याप्त,स्वस्थ र गुणस्तरिय खाना उपलब्ध हुनुपर्ने ।
- पर्याप्त खाना उत्पादन नहुने क्षेत्रमा खाद्यान्त भण्डारण,आपूर्ति र वितरण व्यवस्था हुनुपर्ने
- स्वस्थ खाद्यान्नको आपूर्तिको प्रत्याभूति हुनुपर्ने
- सुलभ दरमा ,यथेष्ट मात्रामा,समयमै र आफ्नो संस्कृतिजन्य खाना माथि पहुँच र उपलब्धता हुनुपर्ने ।
- खाद्य माथि सबैको पहुँच,उपलब्धता,उपयोग र स्थीरता हुनुपर्छ ।
प्रश्न नं.२ सार्वजनिक सेवा प्रवाह भन्नाले के बुझिन्छ ?सार्वजनिक सेवा प्रवाहका सिद्धान्तहरु उल्लेख गर्नुहोस ।2+3
उत्तर:- सार्वजनिक सेवा प्रवाह:-
- राज्यले जनताको हित,कल्याण,विकास र समृद्धिका लागि उपलब्ध गराउने वस्तु,सेवा तथा सुविधाको संयोजनलाई नै सार्वजनिक सेवा भनिन्छ ।
- जनताको आवश्यकता र आकांक्षा पुरा गर्नका लागि राज्य र राज्य बाहेकका संयन्त्रहरुबाट सरल,सहज,निष्पक्ष ,शिघ्र र गुणस्तरीय ढंगले सार्वजनिक सेवा जनता समक्ष वितरण गर्ने विधि वा प्रक्रिया/तरिका नै सार्वजनिक सेवा प्रवाह हो ।
- सार्वजनिक सेवा प्रवाह सरकार र जनता बिचको सम्बन्ध जोडने माध्यम हो । जुन मुनाफा रहित ढंगले राज्य बाट प्रवाह हुन्छ ।
- नागरिकलाई घरदैलो सम्म प्रभावकारी ढंगले सेवा प्रवाह गर्नु सरकारको दायित्व हो भने सेवा छिटो छरितो र सहज ढंगले प्राप्त गर्नु नागरिकको अधिकार हो ।
- नेपालमा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित,नतिजामुखी र प्रभावकारी बनाउन संविधान,विभिन्न क्षेत्रगत ऐन,नियम,कार्यविधि र निर्देशिका जारि गरिएको छ ।तर पनि सार्वजनिक सेवा जनता अपेक्षा गरे अनुरुप सुधार हुन सकेको छैन ।
सार्वजनिक सेवा प्रवाहका सिद्धान्तहरु :-
सिद्धान्त भएका सर्वमान्य मान्यताहरु हुन ।सार्वजनि सेवा प्रवाहमा रहेका त्यस्ता सिद्धान्तहरुलाई देहाय अनुसार उल्लेख गर्न सकिन्छ :-
- सार्वजनिक छनौटको सिद्धान्त
- गुणस्तरको सिद्धान्त
- निष्पक्षताको सिद्धान्त
- गैर-मुनाफाको सिद्धान्त
- पारदर्शिता र उत्तरदायित्वको सिद्धान्त
- तटस्थताको सिद्धान्त
- न्युनतम लागतको सिद्धान्त
- समताको सिद्धान्त
- सहभागिताको सिद्धान्त
अन्त्यमा, सार्वजनिक सेवा आम नागरिकको आधारभूत आवश्यकता र मानव अधिकार सँग जोडिएको हुनाले राज्यले सार्वजनिक सेवा प्रवाहका सिद्धान्तहरुलाई आत्मसात गर्दै सार्वजनिक सेवा प्रवाहमा जोड दिनु पर्दछ ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 503