1. निम्न विश्व युद्धहरु घटेको मितिमा पहिले देखि पछिको क्रम मिलाउनुहोस् ।
1. म्याराथनको युद्ध 2. सतवर्षीय युद्ध 3. प्रथम धर्म युद्ध
4. वाटरलुको युद्ध 5. गुलाफको युद्ध
A) 1, 3,4,2,5 B) 3,4,5,2,1 C) 2,3,4,5,1 D) 1,3,2,5,4
2. नेपालमा भएका प्रधानमन्त्रीहरुको मितिका आधारमा क्रम मिलाउँनुहोस् ।
A. भिमसेन थापा, रंगनाथ पौड्याल, फत्तेजंग शाह, पुष्कर शाह
B. भिमसेन थापा, रंगनाथ पौड्याल, पुष्कर शाह, फत्तेजंग शाह
C. भिमसेन थापा, पुष्कर शाह, रंगनाथ पौड्याल, फत्तेजंग शाह
D. भिमसेन थापा, पुष्कर शाह, फत्तेजंग शाह, रंगनाथ पौड्याल
3. तलका भनाई मध्ये कुन गलत छ ?
A. भण्डारखाला तहविल अड्डाले राणा कालमा सरकारी बैंकको रुपमा काम गर्दथ्यो ।
B. संहिता पाठक ग्रन्थका रचनाकार यक्ष मल्ल हुन ।
C. चाँदीको मोहर चलनमा ल्याउने राजा महेन्द्र मल्ल हुन ।
D. लिच्छवीकालमा परमान भन्नाले प्रहरीलाई बुझिन्थ्यो ।
4. जोडा मिलान गरि सहि विकल्प रोज्नुहोस् ।
खोज खोजकर्ता
a. सौर्यमण्डल 1. ओडारिक
b. ग्रहहरुको गतिको नियम 2. कोपर्निकस
c. उत्तरी ध्रुव 3. जोहानस केपलर
d. तिब्बत 4. रवर्ट पेयरी
A) a4,b3,c1,d2 B) a2,b3,c4,d1 C) a2,b3,c1,d4 D) a2,b1,c4,d3
5. एशिया र अफ्रिका महादेशको वीचमा कुन सागर पर्दछ ?
A. लाल सागर B. भुमध्यसागर C. बेरिङ सागर D. कृष्णासागर
6. देहायका भनाई विचार गर्नुहोस् ।
१.वायुमण्डल मिथेन ग्यासले भरिएको ग्रह वरुण हो ।
२.पृथ्वीको सबैभन्दा नजिकको ग्रह शुक्र हो ।
३.प्रकाशको गति पत्ता लगाउने रोमर हुन
४.अन्तरिक्षमा प्रवेश गर्ने पहिलो राष्ट्र रुस हो ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
7. नेपालमा रहेका तलको सम्बन्धमा कुन जोडा सहि छ ?
A. पार्वतीकुण्ड -रसुवा
B. बडैया ताल – बाँके
C. चिडिया ताल – सुर्खेत
D. पुष्करिणी पोखरी – कञ्चनपुर
8. गौतम बुद्धको जीवनमा महाभिनिष्क्रमणु भन्नाले कुन घटनालाई चिनिन्छ ?
A. बुद्धको विवाह B. बुद्धको ग्रह त्याग
C. ज्ञान प्राप्त भएको घटना D. मुत्यु भएको घटना
9. विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
A. फेवा ताल B. मैदी ताल C. रानी पोखरी D. फोक्सुण्डो ताल
10. मेची – ढल्केवर कुन देशको सहयोगमा निर्माण भएको हो ?
A. भारत सरकार B. बेलायत सरकार
C. एशियाली विकास बैंक D. जापान सरकार
11. Conference of Parties 28th , UAE ले जोड दिएको विषय कुन हो ?
A) Transition away from fossil fuels
B) Partnership for healthy cities
C) Global stocktake
D) All of above
12. डिप स्टिक टेष्टु कुन अंगमा लाग्ने रोगसँग सम्बन्धित रहेको छ ?
A. मुटु B. मृगौला C. फोक्सो D. कलेजो
13. राष्ट्रिय जनगणना २०७८ अनुसार विचार गर्नुहोस् ।
१. बिजुली प्रयोग गर्ने परिवार – 92.2%
२. सोलार/उर्जा – 6.6%
३. मट्टि तेल – 0.6%
माथि दिइएका मध्ये कुन जोडा सहि छ ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. सबै सहि
14. बेलायतको Whitley अवार्ड, 2023 बाट सम्मानित हुने नेपाली को हुन ?
A. अनुराधाकोईरला B. सोनाम टासी C. तुल्सी लक्ष्मी सुवाल D. पुष्पा बस्नेत
15. पशुपतिनाथका प्रथम पुँजारी को थिए ?
A. स्वामी शेखरचन्द्र B. स्वामी कुलानन्द
C. स्वामी महाराज D. स्वामी चण्डिकान्द
16. योजना परिवार नियोजन र जनसंख्या व्यवस्थापन निम्न मध्ये कुन अधिकार सूची अन्तर्गत पर्दछ ?
A.संघको अधिकार B. स्थानीय तहको अधिकार
C. प्रदेशको अधिकार D. संघ र प्रदेशको साझा अधिकार
17. नेपालको संविधान कुन धारामा नागरिकका कर्तव्य सम्बन्धि व्यवस्था गरिएको छ ?
A. धारा 48 B. धारा 46 C. धारा 47 D. 49
18. उत्पादन क्षमताका आधारमा नेपालका जलविद्युत आयोजनाहरुको उपयुक्त क्रम पहिचान गर्नुहोस् ।
A. सोलु दुधकुण्ड, कुलेखानी, खिम्ती, मध्य मस्र्याङदी, भोटेकोशी
B. कुलेखानी, सोलु दुधकुण्ड, मध्य मस्र्याङदी, खिम्ती, भोटेकोशी
C. सोलु दुधकुण्ड, भोटेकोशी, कुलेखानी, मध्य मस्र्याङदी, खिम्ती
D. कुलेखानी,सोलु दुधकुण्ड, खिम्ती, मध्य मस्र्याङदी, भोटेकोशी
19. महिला साफ च्याम्पियनसिप,२०२३ कुन देशमा सम्पन्न भएको थियो ?
A. नेपाल B. भुटान C. श्रीलंका D. बंगलादेश
20. भ्रष्टचार सूचकांक, २०२३ अनुसार विश्वको सबैभन्दा धेरै भ्रष्ट हुने देश कुन हो ?
A. सोमालिया B. भेनुजुएला C. सिरिया D. दक्षिण सुडान
उत्तरहरु:
1. D 11. D
2. B 12. B
3. D 13. D
4. B 14. C
5. A 15. A
6. D 16. D
7. A 17. A
8. B 18. B
9. C 19. D
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100