1. सकुना सिमसार तथा भलुवा जलाधार क्षेत्र कुन जिल्लामा पर्दछ ?
A. रुपन्देही B. गुल्मी C. सिराहा D. मोरङ
2. तिनाउ नदिको धार्मिक तथा पौराणिक नाम के हो ?
A. तिलोत्तमा B. प्रशावति C. इच्छुमति D. मणिमति
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. ७७ जिल्ला कामय 1. वि.स २०७४ असोज २९
b. ४ वटा जिल्ला हिमालमा प्रवेश 2. वि.स २०७४ भदौ २५
c. नेपाललाई ७ प्रदेशमा विभाजन3. वि.स २०७४ भदौ ५
d. स्थानीय सरकार सञ्चालन ऐन, 4. वि.स २०७२ असोज ३
A) a2,b4,c3,d1 B) a2,b4,c1,d3 C) a3,b2,c4,d1 D)a4,b2,c1,d3
4. हिन्द महासागरको सर्वाधिक गहिरो स्थान जाभा टे्न्च कुन देश नजिक पर्दछ ?
a. पाकिस्तान b. इण्डोनेसिया c. फिलिपिन्स d. जापान
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. हजारौ तालको देश 1. क्यानडा
b. छाँयादर भूमी 2. बेल्जियम
c. Land Of golden Fiber 3. फिनल्याण्ड
d. युरोपको कारखाना 4. पाकिस्तान
A) a3,b1,c4,d2 B) a3,b4,c1,d2 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
6. देहायका स्थान पूर्वबाट पश्चिम तर्फ मिलाउँनुहोस् ।
1. The Victoria falls 2. Darmuda Triangle
3. Denali Mountain 4. Diaoyudao Island
A) 4,1,2,3 B) 1,4,3,2 C) 3,1,2,4 D) 2,3,1,4
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ‘ The last supper’ लियोनार्दो भिन्चीको कृति हो ।
२. बहुचर्चित चित्र ‘ The last Jugement ‘ माइकल एन्जेलोको हो ।
A. १ ठिक २ बेठिक B. १ बेठिक २ ठिक C. दुवै ठिक D. दुवै बेठिक
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. म्याग्नाकार्टा 1. सन् १२१५ जुन १५
b. रुसी क्रान्ति 2. सन् १९१७
c. औद्योगिक क्रान्ति 3. सन् १७८९
d. फ्रान्सको राज्यक्रान्ति 4. सन् १७६० देखि १८४०
A) a1,b2,c4,d3 B) a1,b2,c3,d4 C) a4,b3,c1,d4 D) a2,b1,c4,d3
9. पशुपति नाथमा कसले के गरेका आधारमा जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. पञ्चामृतले नुहाउने 1. पृथ्वीनारायण शाह
b. महास्नान गराउने 2. भाष्कर वर्मा
c. भट्ट पुजारी राख्ने 3. अभय मल्ल
d. स्वर्णमय बनाउने 4. यक्ष मल्ल
A) a2,b3,c4,d1 B) a2,b4,c1,d3 C) a1,b3,c4,d2 D) a4,b3,c2,d1
10. कौशल्यावती कुन राज्यकी राजकुमारी थिईन ?
a. पाल्पा b. तनहुँ c. लमजुङ d. नुवाकोट
11. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. कोइरी र कुशवाहा जाती एउटै हो ।
२. भेडीयार जातीलाई गडेरी पनि भनिन्छ ।
३. फिरन्ते जाति भनेर राउटेलाई चिनिन्छ ।
४. चेपाङ जातिलाई प्रजा भनेर पनि चिनिन्छ ।
A. १ मात्र बेठिक अरु सबै ठिकB. २ मात्र बेठिक अरु सबै ठिक
C. ३ मात्र बेठिक अरु सबै ठिक D. सबै ठिक
12. राष्ट्रिय सुरक्षा परिषद्को सम्बन्धमा देहायका मध्ये कुन गलत छ ?
A. नेपालको संविधान धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था रहेको छ ।
B. राष्ट्रिय सुरक्षा परिषद्मा सात जना सदस्य रहेका हुन्छन ।
C. गृह मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषद्को सदस्य सचिव भई काम गर्दछ ।
D. राष्ट्रिय सुरक्षा परिषद्को आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्दछ ।
13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. पारदर्शिता 1. लोकमत संग्रह
b. सुशासन 2. पहिलो हुने निर्वाचित प्रणाली
c. प्रत्यक्ष लोकतन्त्र 3. विधिको शासन
4. सूचनाको हक
A) a1,b2,c3 B) a4,b3,c1 C) a4,b1,c2 D) a3,b2,c1
14. तलका मध्ये कुन चाहि आन्तरिक संविधानको विशेषता होईन ?
A. संघियताको वाचाB. आदिवासी जनजाति आयोगको गठन
C. धर्मनिरपेक्षताको खेलका नियममा आधारित D. निष्पक्ष निर्वाचन
15. असल निर्वाचन प्रणालीका विशेषताहरु तलका मध्ये कुन कुन पर्दछ ?
1. जनमत प्रतिनिधित्व 2. अल्पसंख्याको प्रतिनिधित्व
3. राजनीतिक खेलका नियममा आधारित 4. निष्पक्ष निर्वाचन
A. १,२ र ३ ठिक B. १,२ र ४ ठिक C. १,३ र ४ ठिक D. सबै ठिक
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. युद्ध र प्रतिरक्षा 1. प्रदेशको अधिकार
b. गुठी व्यवस्थापन 2. साझा अधिकार
c. सहकारी संस्थाको दर्ता र नियमन 3. संघको अधिकार
d. विपद व्यवस्थापन 4. स्थानीय तहको अधिकार
A) a1,b2,c3,d4 B) a3,b1,c4.d2 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
17. कृषि गणना २०७८ को नारा देहायका मध्ये कुन हो ?
A. मेरो गणना, मेरो सहभागिता B. कृषि गणनाको सार, कृषि प्रविधिको पुर्वाधार
C. कृषि गणनाको सार, कृषि अनुदानको आधार D. कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार
18. २०२२ मा अप्रिल १ वैदेशिक रोजगारको लागि खुल्ला गरिएको १११ देश कुन हो ?
A. नाउरु B. मलावी C. बेलिज D. सर्बिया
19. नेपालको ईतिहासमा राजाले घटाएको पर्व भनेर कुन पर्वलाई चिनिन्छ ?
A. भण्डारखाल पर्व B. औलो पर्व C. बैसठ्ठीहरण पर्व D. कोतपर्व
20. सहनशीलता सुशिला नामक कृतिका रचनाकार को हुन ?
A. भुपि शेरचन B. भैरव अर्याल C. भिमनिधि तिवारी D. रमेश विकल
उत्तरहरु:
1. D 11. D
2. A 12. C
3. C 13. C
4. C 14. B
5. A 15. B
6. A 16. B
7. C 17. D
8. A 18. D
9. C 19. B
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 391