लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 04:01:35
  • शुक्रबार,जेठ ०८, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. राजा जोन द्धितीयले म्याग्नाकार्टामा कहिले हस्ताक्षर गरेका थिए ?
    A. सन् १२१६ जुन १५                B. सन् १२१५ जुन १४
    C. सन् १२१७ जुन १५                D. सन् १२१५ जुन १५

    2. तलका भनाई विचार गर्नुहोस् ।
    १. UNO प्रवेश गर्ने पहिलो आसियान मुलुक थाईल्याण्ड हो ।
    २. सन् २०२३ मा नेपालले ४ मुलुक सँग दौत्य सम्बन्ध कायम ग¥यो ।
    ३. विस्टेकका प्रथम महासचिव सुमिथ नाकनथा हुन ।
    माथि दिइएका मध्ये कुन भनाई गलत छ ।
    A. १ मात्र                  B. २ मात्र                  C. ३ मात्र                     D. सबै गलत

    3. UNO को सदस्यताबाट हटाइएको मुलुक कुन हो ?
    A. इण्डोनेसिया             B. ताईवान          C. कम्बोडिया                    D. मलेसिया

    4. निम्न मध्ये कुन भनाई गलत छ ?
    A. क्योटो प्रोटोकल जापानको टोक्योमा जारी भएको हो ।
    B. ओजोन तहको क्षयीकरण नाप्ने एकाईलाई Dobson Unit भनिन्छ ।
    C. स्मृतिवन ९१ वृक्षारोपणसँग सम्बन्धित छ ।
    D. दिगो विकासका सूचकहरु २४० रहेका छन ।

    5. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ कति औ संस्करण हो ?
    A. ७ औ                       B. ८ औ                C. ९ औ                  D. १० औ

    6. उचाईको आधारमा अग्लो देखि होचोको सहि क्रम मिलाउनुहोस् ।
    A. सगरमाथा, कञ्चनजंघा, लोहोत्से, मकालु
    B. सगरमाथा, कञ्चनजंघा, मकालु, लोहोत्से,
    C. सगरमाथा, लोहोत्से, कञ्चनजंघा, मकालु
    D. सगरमाथा, मकालु, कञ्चनजंघा, लोहोत्से

    7. संयुक्त अरव ईमिरेट्स (युएइ) को राजधानी अबुधावीमा रहेको पहिलो हिन्दु मन्दिरको उद्घाटन कहिले भयो ?
    A. सन् २०२४ फेबु्रअरी १५            B. सन् २०२४ फेबु्रअरी १४
    C. सन् २०२४ फेबु्रअरी १०             D. सन् २०२४ फेबु्रअरी ११

    8. कुन जोडा गलत छ ?
    A. विश्वको सर्वोच्च स्थानमा रहेको ताल – तिलिचो ताल
    B. १२ हजार फिटभन्दा माथिका धार्मिक स्थल – गोसाईकुण्ड र मुक्तिक्षेत्र
    C. काल्पनिक वृक्ष रेखा – ४००० मिटरबाट सुरु हुन्छ ।
    D. सगरमाथाका प्रेमवाद भनेर – राद्यानाथ सिकन्दर लाई चिनिन्छ ।

    9. कर्णाली नदीका सहायक नदीहरुको पूर्व देखि पश्चिम क्रमशः मिलाउनुहोस् ।
    A. सानो भेरी, ठूलो भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली
    B. सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली,मुगु कर्णाली, तिला
    C. सानो भेरी, मुगु कर्णाली, ठूलो भेरी, तिला, हुम्ला कर्णाली
    D. ठूलो भेरी, सानो भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली

    10. पन्ध्रौ योजनाको समृद्धी नेपालका दिर्घकालीन राष्ट्रिय लक्ष्यहरु विचार गर्नुहोस् ।
    १. सर्वसुलभ आधुनिक पुर्वाधार एवम् संघन अन्तर आवद्धता
    २. मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोगी
    ३. परिष्कृत र मर्यादित जीवन
    ४. उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
    A. १,२ सहि ३,४ गलत            B. १,३ र ४ सहि ३ गलत
    C. २,३ र ४ सहि १ गलत         D. सबै सहि

    11. पन्ध्रौ योजनाको अन्त्य (२०८०/८१) सम्म मा रेलमार्ग कति किलो मिटर पु¥याउने लक्ष्य लिएको छ ?
    A) 900                       B) 23,00                    C) 348                     D) 538

    12. अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस कहिले मनाईन्छ ?
    A. ९ डिसेम्बर             B. १० डिसेम्बर                C. ११ डिसेम्बर                  D. ७ डिसेम्बर

    13.क्युनसेल कुन देशको समाचार पत्र हो ?
    A. अफगानिस्तान           B. भूटान              C. माल्दिभ्स                    D. भारत

    14. नेपालको संविधान बमोजिम संघीय व्यवस्थापिका संसद सदस्यहरुको दुई तिहाई बहुमतको पारित गर्नु नपर्ने विषय तलका मध्ये कुन हो ?
    A. शान्ति र मैत्री                   B. सुरक्षा एव्म सामरिक सम्बन्ध
    C. वार्षिक बजेट                   D. नेपालका सिमानाहरु

    15.UNO ले शान्ति स्थापना कायम गर्न सबैभन्दा बढी खर्च गरेको मुलुक कुन हो ?
    A. भारत                B. बंगलादेश                C. पाकिस्तान               D. श्रीलंका

    16. तलका कथनहरु विचार गर्नुहोस् ।
    १. भूमध्य सागर र कृष्ण सागरसँग जोडिएको मुलुक टर्की हो ।
    २. हिन्द महासागर एसिया, अफ्रिका र अष्ट्रेलिया महादेशको विचमा रहेको छ ।
    A. १ मात्र सहि           B. २ मात्र सहि               C. दुवै गलत            D. दुवै सहि

    17. भित्री ग्रह अन्र्तगत कुन कुन ग्रहहरु पर्दछन ?
    A. बुध, शुक्र, पृथ्वी र मंगल              B. बुध, शुक्र, पृथ्वी र शनि
    C. बुध, शुक्र, पृथ्वी र बृहस्पति         D. बुध, शुक्र, पृथ्वी र अरुण

    18. विद्यालयको आय व्ययको लेखा अनुशासन कायम गराउने दायित्व कसको हो ?
    (A) स्थानीय सरकार      (B) प्रदेश सरकार               (C ) नेपाल सरकार         (D) माथिका सबै

    19. विश्व प्रेस स्वतन्त्रता सुचकांक, २०२४ मा नेपालको स्थान कतिमा रहेको छ ?
    A) 74th                      B) 80th                       C) 95th                    D) 100th

    20. प्रसिद्ध भद्राधिवासको भवन निर्माण कसले गरेका हुन ?
    A. प्रचण्डदेव                B. नरेन्द्रदेव                 C. प्रतापमल्ल               D. मानदेव

     

    उत्तरहरुः

    1. D        11. C
    2. A        12. A
    3. B        13. B
    4. D        14. C
    5. C         15. C
    6. A        16. D
    7. B         17. A
    8. D        18. A
    9. A        19. A
    10. B      20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100