विश्व विद्यालयको छाता ऐन बनाउनुपर्छ - Chaitanya News
  • 2026-07-16
  • 20:49:17
  • बिहिबार,आषाढ ३२, २०८३
  • विश्व विद्यालयको छाता ऐन बनाउनुपर्छ

    विश्व विद्यालयको छाता ऐन बनाउनुपर्छ

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन्।

    सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका हुन्। उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरू खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताए।

    उनले नेपाल विश्वविद्यालयको औचित्यको सम्बन्धमा पनि प्रश्न उठाए । उनले मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ? भनेर प्रश्न गरे।

    उनले नेपालमा धेरै विश्वविद्यालयहरू भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो? भनेर पनि प्रश्न गरे। उनले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरूलाई विश्वविद्यालयको रूपमा सम्बोधन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिए।