जनता समाजवादी पार्टीले खोल्यो खाता,पर्सा क्षेत्र नम्बर१ बाट प्रदीप यादव विजयी - Chaitanya News
  • 2026-04-22
  • 15:02:37
  • बुधबार,बैशाख ०९, २०८३
  • जनता समाजवादी पार्टीले खोल्यो खाता,पर्सा क्षेत्र नम्बर१ बाट प्रदीप यादव विजयी

    जनता समाजवादी पार्टीले खोल्यो खाता,पर्सा क्षेत्र नम्बर१ बाट प्रदीप यादव विजयी

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)बाट पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादवले खाता खोलेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।

    यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन्। यादव र द्धिवेदीबीच १ हजार ६२० मत अन्तर छ। तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन्।

    यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए। उनको यो दोस्रो पटकको संसद् यात्रा हो। पार्टी अध्यक्ष उपेन्द्र यादव भने सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका छन्।