यस्तो छ विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना - Chaitanya News
  • 2026-07-16
  • 20:48:58
  • बिहिबार,आषाढ ३२, २०८३
  • यस्तो छ विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना

    यस्तो छ विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना

    काठमाडौँ– आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यसँगै आजबाट विद्यालय भर्ना अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

    विद्यार्थी भर्ना अभियान सहजीकरणका लागि कार्य योजना पनि बनाइएको छ। बालबालिकाहरूलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सञ्चालन गर्ने सम्मका कार्य योजना बनाइएको छ। भर्ना अभियानको क्रममा वैशाख २ गतेदेखि २० गतेसम्म कसले के गर्ने भनेर कामको जिम्मेवारीसमेत निर्धारण गरिएको छ।