सुनको मूल्यमा फेरि कीर्तिमान कायम - Chaitanya News
  • 2026-06-24
  • 11:49:33
  • बुधबार,आषाढ १०, २०८३
  • सुनको मूल्यमा फेरि कीर्तिमान कायम

    सुनको मूल्यमा फेरि कीर्तिमान कायम

    काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो। महासंघका अनुसार आज २ हजार ९०० रुपैयाँले बढेको छ।

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ। गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। गत साताको शुक्रबार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो। आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ।