रुपन्देही– रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को २ मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन्। कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन् भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए।
निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको साथै त्यसमा पनि प्रदेशको मत हुनसक्ने भएकोले खाँलाई विजयी घोषणा गरिएको छैन।