टीयूले उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ, कारबाही हुन्छ - Chaitanya News
  • 2026-07-16
  • 19:33:48
  • बिहिबार,आषाढ ३२, २०८३
  • टीयूले उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ, कारबाही हुन्छ

    टीयूले उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ, कारबाही हुन्छ

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन समितिले अध्ययन गरिरहेको बताएकी छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उत्तरपुस्तिका हराएको विषयमा आफूले उपकुलपतिसँग पनि कुरा गरिसकेको बताइन्।

    मन्त्री श्रेष्ठले भनिन्, ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु। अहिले उत्तपुस्तिका हराएको विषयमा समितिले छानबिन गरिरहेको छ। त्रिविको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिनेछ।

    स्नातक तह प्रथम वर्षको दुई विषयहरूको उत्तरपुस्तिकाको पोकै हराएको विषय नेपाल प्रेसले सर्वप्रथम उजागर गरेको थियो।