काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ।
सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त आह्वान गरेको हो।
योग्य व्यक्तिले शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजातसहित १९ देखि २८ चैतसम्म आवेदन दिन सक्नेछन्।