पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको दर्खास्त स्वीकृत, प्रस्तुतीकरणको मिति तोकियो - Chaitanya News
  • 2026-07-16
  • 19:33:09
  • बिहिबार,आषाढ ३२, २०८३
  • पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको दर्खास्त स्वीकृत, प्रस्तुतीकरणको मिति तोकियो

    पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको दर्खास्त स्वीकृत, प्रस्तुतीकरणको मिति तोकियो

    काठमाडौँ–  पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १७ जनाको दर्खास्त स्वीकृत भएको छ।
    पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार दर्खास्त स्वीकृत भएका १७ जनाको चैत २७ देखि २९ गतेसम्म प्रस्तुतीकरण हुने भएको छ। प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ।