लोकसेवा उपयोगी सामग्री [३२] - Chaitanya News
  • 2026-06-13
  • 15:12:29
  • शनिबार,जेठ ३०, २०८३
  • प्रश्नः  नेपालमा बसाइसराइका कारणहरू उल्लेख गर्दै बसाइसराइले गन्तव्य स्थलमा पार्ने असरहरूको व्याख्या गर्नुहोस् ।४+६=१०

    उत्तरः

                                        बसाइसराइः कारण र बसाइसराइले गन्तव्य स्थलमा पार्ने असरहरू
    स्थायी रूपले एक स्थानबाट अर्को स्थानमा गई बसोबास गर्ने कार्यलाई बसाइसराइ भनिन्छ । वर्तमान भूमण्डलीकरणको युगमा बसाइसराइलाई सामान्य रूपमा लिने गरिन्छ ।

    नेपालमा बसाइ सराईका कारणहरू
    भौगोलिक दुर्गमता देखि भौगोलिक सुगमतामा केन्द्रित रहेको नेपालको बसाइ सराईका कारणहरू देहायबमोजिम रहेका छनः

    • तराईमा भौगोलिक सहजता, उत्पादनको प्राचुर्यताका कारण आकर्षण बढ्नु,
    •  शिक्षाको अवसर प्राप्त गर्न नयाँ स्थानमा जाने र बसोबास गर्ने,
    • हिमाली र पहाड़ी क्षेत्रमा रहेको कठोर दिनचर्या र पूर्वाधार विकासको कमी,
    •  तराई र उपत्यकामा सरकारको पुनर्वास सम्बन्धी नीति र कार्यक्रम,
    •  लगानी, उद्योग, व्यापार, व्यवसायको खोजी र आर्थिक अवसरको खोजी,
    •  शान्ति, सुरक्षा र अमनचयनका लागि द्वन्द्व प्रभावित क्षेत्र छोड्ने प्रवृत्ति,
    •  ग्रामीण क्षेत्रमा असन्तुलित विकास, सेवा सुविधाको पहुँचमा भौगोलिक तथा क्षेत्रीय असमानता कायम रहनु,
    • ग्रामीण क्षेत्रमा व्याप्त गरिबी, बेरोजगारी र पछौटेपन,
    •  केन्द्रीकृत प्रशासनिक संरचना, ढिलासुस्ती, कठोर जीवनका कारण ग्रामीण परिवेश असहज हुनु,
    •  दैवी प्रकोप, न्यून अवसर तथा खेतीयोग्य जमिनको अभाव आदि ।

     

    बसाइ सराइले गन्तव्य स्तरमा पार्ने असरहरू
    बसाइसराइले आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जनसंख्याको वृद्धि,बनावट तथा वितरण जस्ता क्षेत्रमा असर पार्दछ। यसले पार्ने मुख्य मुख्य असरहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

    (क) सामाजिक क्षेत्रमा पर्ने असर

    • संस्कृति र परम्परा लोप हुने,
    • धनी र गरिब बिचको खाडल बढ्ने
    •  सामाजिक अस्थिरता र असन्तुलन ल्याउने,
    •  सामाजिक मूल्य, मान्यतामा असर,
    •  अव्यवस्थित बसोबासमा वृद्धि
    •  सामाजिक अपराधमा वृद्धि,

    (ख) आर्थिक क्षेत्रमा पर्ने असर

    •  मूल्यवृद्धि र वातावरण प्रदुषण,
    •  व्यद mबचपभत मा दबाब सिर्जना,
    •  कृषियोग्य भूमिमा दवाव, गरिबी, झोपडपट्टी
    •  जनसंख्याको असमान वितरण,
    •  राष्ट्रिय विकासको बजेटमा असर,
    •  आर्थिक दवाव सिर्जना, वितरणमा न्याय कायम नहुनु,

     

    (ग) राजनैतिक क्षेत्रमा पर्ने असर

    • गन्तव्य स्थलमा नेता नेताको विगविगी,
    •  युवाको संख्यामा वृद्धि हुँदै जाँदा राजनीतिमा आवद्ध,
    •  बेरोजगारी निम्ट्याउन राजनीतिमा आश्रय,
    •  नयाँ ठाउँमा आफू अनुकूल वातावरण सिर्जना गर्न राजनीतिकक्रियाकलाप सिर्जना गर्ने,
    •  पार्टीगत गुट, उपगुटको सिर्जना ।

     

    निष्कर्षः
    सुविधा र अवसरको खोजी नै बसाइसराइको प्रमुख कारण हो । तसर्थ, ग्रामीण क्षेत्रमा लगानीको प्रवाहलाई बढाई आयमूलक तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्ने, राज्यसत्तालाई प्रभावकारी रूपमा तल्लो तहसम्म विकेन्द्रित गर्ने तथा स्थानीय स्तरमा यथेष्ट श्रोत साधनको व्यवस्था गरी विविध कार्यक्रमहरू सञ्चालन गर्न सकिएमा बसाइसराइको मात्रामा कमी आउने तथा गन्तव्य स्थलमा ठुलो भार नपर्ने देखिन्छ ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100