चैतन्य खबरले शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृतसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ। शाखा अधिकुत सम्म आईपुग्दा कसरी तयारी गर्नु भएको थियो र कसरी तयारी गर्दा सफलता प्राप्त हुन्छ भन्ने विषयमा केन्द्रित रहेर चैतन्य खबरको लागि निर्मला कडायतले भरखरै शाखा अधिकुतमा पास हुनुभएका शाखा अधिकृत दिपेन्द्र ओझासँग गरेको संवादको सम्पादित अंश:
तपाईं भरखर शाखा अधिकृत पास हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ?
राजपत्राङ्कित तृतीय श्रेणीमा सिफारिस हुन पाउँदा एक प्रकारको उत्साह त छ छ्दैछ सँगसँगै जिम्मेवारी पनि थपिएको महशुस गरेको छु।
यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नु हुन्थ्यो?
तयारी गर्ने सबैको आ–आफ्नै तरिका हुन्छ। लोकसेवाको तयारी भनेको निरन्तर नवीन खोज नै हो। पढ्ने नै हो अरू कुनै उपाय छैन। पढ्दा मैले धेरै पुस्तकहरू हेर्ने र जुन आफुलाइ सजिलो लाग्छ तेहि पुस्तक किन्ने र पढ्ने गर्थेँ। कथििबदगक सङ सम्बन्धित कानुनी व्यवस्था पढ्ने गर्दथेँ। अघिल्ला वर्षहरूमा सोधेका प्रश्नहरूको खोजी गर्ने र समाधान गर्ने गर्दै आफ्नो पढाईलाई अघि बढाएको थिएँ। main कुरो भनेको निरन्तर अभ्यास नै हो। लेख्ने practice बढि भन्दा बढि गर्थे।
अध्यनका लागि कुन र कति समय छुट्याउनु हुन्थ्यो?
अध्ययनको समय पनि व्यक्ति अनुसार फरक हुन सक्छ। कोही बिहान छिटो उठ्छन भने कोहि राति ढिलो सम्म बसेर पढ्छन। म चाहि राति १–२ बजे सम्म बस्ने बिहान ढिलो उठ्ने गर्थे। यहि समय पढ्नुपर्छ यति नै पढ्नुपर्छ भन्ने त छैन। मैले चाहि एउटा विषय सकेर मात्र आर्को बिषय हेर्ने गर्थे। यति नै घण्टाको समय दैनिक पढियो भने राम्रो हुने नत्र नहुने भन्ने हुदैन। विषयको गम्भीरतालाई हेरेर समय छुट्याउन सकिन्छ। आफ्नो क्षमता पनि हेर्नुपर्छ यस्तो कुरामा कसैलाई थोरै समयमा पनि धेरै विषयवस्तुको ज्ञान हुन सक्छ कसैलाई धेरै मेहनत गर्नुपर्ने पनि हुन्छ। समयको विभाजन आफ्नो क्षमता हेरेर गर्न सकिन्छ। म औसत विद्यार्थी भएकोले मेरो लागि ८–१० घण्टा पढ्नुपर्थ्यो।
लोकसेवा तयारीका कलास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ?
लोकसेवाको तयारी आफैँले गर्ने हो तर सुरुवातमा विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन तयारी कक्षाको महत्वपूर्ण भूमिका हुन्छ। तयारी कक्षा नै लिनुपर्छ तयारी कक्षा विना अघि बढ्नै सकिँदैन भन्ने चैँ होइन। आफैँले तयारी गरेर कुनै तयारी कक्षा नलिएरै पनि कतिपय साथीहरूले पास गर्नुभएको छ। तर सम्भव भएसम्म आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि तयारी कक्षाका परिक्षाहरू, विज्ञ सरहरुका अनुभवले महत्वपूर्ण भुमिका खेल्ने गर्दछ। मैले भने चुडामणि सरको कलाश लिएको थिए। र चैतन्य को शनिवारिय श्रीखला को feedback मा सधै online बस्थे जस्ले गर्दा के कुरा कस्तो प्रश्न मा राख्नु पर्छ भन्ने थाहा हुन्थ्यो।
अध्यन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता सामाग्रीलाई बढी प्राथमिकता दिनुहुन्थ्यो?
पढाईको सिलसिलामा सकेसम्म आधिकारिक पुस्तक, विभिन्न मन्त्रालयका वेभसाईटहरू संवैधानिक आयोग तथा अन्य विषयसँग सम्बन्धित आयोगका वेभसाइटहरू, विज्ञका लेखहरू र पत्रपत्रिकामा आएका समाचार र विचारहरू हेर्ने गर्नुपर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विश्वव्यापी मूल्य मान्यता लगायतका विषयहरू हेर्नुपर्छ। अहिले लिखित पत्रलाई नै बढी महत्व दिएको हुनाले लिखितको नै अभ्यास बढी गर्नुपर्छ। किनभने मेरो पहिलो पेपर मा ४२–४५ सम्म होला साहेद त्यस कारण लिखित पत्र लाइ नै बढि focus गर्ने।
लोकसेवाप्रति युवा आकर्षण कस्तो देख्नुहुन्छ?
पछिल्लो समय लोकसेवाप्रति युवाको आकर्षण बढिरहेको छ। स्थायित्व, सुरक्षा, वृत्ति विकास, सेवाभाव जस्ता कुराहरूले यस क्षेत्रमा आकर्षण देखिएको हो भन्ने मलाई लाग्छ। अझ महत्वपूर्ण कुरा त यसको छनौट प्रक्रियाको निश्पक्षता हो।
लोकसेवा तयारी गरिरहेका परिक्षार्थीहरुलाई कस्तो सन्देश दिन चाहनु हुन्छ?
लोकसेवाको तयारी गरिरहँदा मनमा अनेक अन्यौलताहरू हुन्छन्। धेरै प्रकारका सोचहरू आउँछन् त्यसमा नकारात्मक सोच पनि पर्छ तर तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। कसैको कुरामा ध्यान नदिइ आफ्नो पढाइलाइ निरन्तरता दिनु पर्छ । असफलताले मानिसलाई परिपक्व बनाउँछ। एक–दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। निरन्तर प्रयास गरिरहँनु पर्छ सफलता अवश्य मिल्छ। यसकारण आफ्नो सकारात्मक कुरा, नकारात्मक कुरा, आफ्नो विज्ञता र कमजोरीको मूल्याङ्कन आफैँले गर्नुपर्छ र कमजोरीलाई सुधार गर्दै जानुपर्छ। आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गर्नुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ।