गोरखामा प्रचण्ड प्रतिस्पर्धी भन्दा चार गुणा मतले अगाडि - Chaitanya News
  • 2026-04-22
  • 06:05:45
  • बुधबार,बैशाख ०९, २०८३
  • गोरखामा प्रचण्ड प्रतिस्पर्धी भन्दा चार गुणा मतले अगाडि

    गोरखामा प्रचण्ड प्रतिस्पर्धी भन्दा चार गुणा मतले अगाडि

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा प्रतिस्पर्धी भन्दा चार गुणा मतले अघि रहेका छन् ।

    पछिल्लो मत परिणामअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरुले एक हजार कटाउन सकेका छैनन् । प्राप्त मत परिणामअनुसार प्रचण्डका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ९३५ मत प्राप्त गरेका छन् भने एमालेका अब्दुस मियाँले ८६४ मत प्राप्त गरेका छन् ।

    गोरखा–२ मा समानुपातिकतर्फ पनि माओवादी केन्द्र अगाडि देखिएको छ । समानुपातिकतर्फ माओवादीले १ हजार ७ सय ९४ मत प्राप्त गरेको छ भने कांग्रेसले १ हजार ६३, एमालेले २९० र राष्ट्रिय स्वतन्त्र पार्टीले २७४ मत प्राप्त गरेको छ ।