काठमाडौं-१ मा प्रकाशमान निर्वाचित - Chaitanya News
  • 2026-04-22
  • 06:03:20
  • बुधबार,बैशाख ०९, २०८३
  • काठमाडौं-१ मा प्रकाशमान निर्वाचित

    काठमाडौं-१ मा प्रकाशमान निर्वाचित

    काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्।

    मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

    सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत।

    २०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए। त्यतिबेला मतान्तर ८१८ रहेको थियो। मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार थिए।