टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 09:35:01
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौँ– टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

    खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

    यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए। नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो। नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो।