त्रिकोणात्मक टी–२० मा नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक - Chaitanya News
  • 2026-07-31
  • 05:51:51
  • शुक्रबार,साउन १५, २०८३
  • त्रिकोणात्मक टी–२० मा नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

    त्रिकोणात्मक टी–२० मा नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन्।

    छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन्। १९ वर्षीय कुशल मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो।

    उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन्। नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर एक सय ४८ रन बनाएको छ।