चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार नेपाल भ्रमणमा आउँदै - Chaitanya News
  • 2026-11-19
  • 12:34:14
  • बिहिबार,मंसिर ०४, २०८३
  • चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार नेपाल भ्रमणमा आउँदै

    चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार नेपाल भ्रमणमा आउँदै

    काठमाडौँ– चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल भ्रमणमा आउने भएको छ। चिनियाँ सेनाका मेजर जनरल चाङ पाओछुनको नेतृत्वमा छ सदस्यीय टोली आगामी शनिवार नेपाल आउने कार्यक्रम छ।

    अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुख रहेका जिम्मेवारीमा रहेका पाओछुनको नेतृत्वमा वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ,लि यिङफङ, क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ रहेका छन्।

    उनिहरुले चार दिने नेपाल भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ।