अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम पुर्याइयो - Chaitanya News
  • 2026-06-13
  • 17:53:15
  • शनिबार,जेठ ३०, २०८३
  • अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम पुर्याइयो

    अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम पुर्याइयो

    अछाम– अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मङ्गलसैनमा पुर्याइएको छ।

    केही समयपछि सर्वदलीय बैठक बस्ने र मत गणना दिउँसोदेखि मात्रै सुरु गरिने मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिएका छन।

    दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ।

    जिल्लाका क्षेत्र नम्बर १ का १ सय ३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १ सय ५ मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भएको उनले बए।