टी–२० शृङ्खलामा आज नेपाल र नामिबिया भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 11:08:14
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० शृङ्खलामा आज नेपाल र नामिबिया भिड्दै

    टी–२० शृङ्खलामा आज नेपाल र नामिबिया भिड्दै

    काठमाडौँ– त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दै छ।

    शृङ्खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११–३० बजेदेखि सुरु हुनेछ। नेपालले यसै वर्षको जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृङ्खला आयोजना गरेको हो।

    शृङ्खलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन्।

    आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन्। फाइनल खेल फागुन २२ गते हुनेछ।

    रोहितकुमार पौडेल(कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा।