उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता - Chaitanya News
  • 2026-04-26
  • 14:08:19
  • आइतबार,बैशाख १३, २०८३
  • उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता

    उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता

    काठमाडौं – आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ।

    देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुदैँछ।

    साथै, सोमबार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

    काठमाडौं उपत्यका भित्र काठमाडौं- ७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

    कास्की-२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर-२ मा एमालेलाई पछयाउँदै आएको छ। प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ।

    उता, कास्की-२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ।