अध्यक्ष लिङ्देन र पूर्वमहामन्त्री सिटौलाको जम्काभेट - Chaitanya News
  • 2026-04-26
  • 14:09:52
  • आइतबार,बैशाख १३, २०८३
  • अध्यक्ष लिङ्देन र पूर्वमहामन्त्री सिटौलाको जम्काभेट

    अध्यक्ष लिङ्देन र पूर्वमहामन्त्री सिटौलाको जम्काभेट

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको जम्काभेट भएको छ।

    हल्दीबारी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको मतदान केन्द्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाको जम्काभेट भएको हो।

    यो केन्द्रबाट लिङ्गदेनले मतदान गरेका थिए।मतदानका क्रममा जम्काभेट भएपछि एक(अर्कालाई अभिवादन गर्दै जितको शुभकामना दिएका थिए।

    झापा क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र एमाले(राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन्।