चिन्तनः तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव मन जटिल मनोवैज्ञानिक संरचना हो, जसमा भावना, इच्छा, आत्मबोध, सामाजिक तुलना र मूल्य–मान्यताहरू निरन्तर अन्तर्क्रिया गरिरहेका हुन्छन्। मानिसको व्यवहारलाई प्रभावित गर्ने भावनात्मक अवस्थामध्ये ईर्ष्या एक महत्वपूर्ण तर प्रायः अप्रत्यक्ष रूपमा अभिव्यक्त हुने मनोवैज्ञानिक प्रवृत्ति हो। विशेषतः अरू व्यक्तिको सफलता, प्रतिष्ठा, आर्थिक उपलब्धि, सामाजिक स्वीकृति वा व्यक्तिगत प्रगतिलाई देखेर…