सुनसरीको बर्ज गाउँपालिकाको ५ को मतदान केन्द्रमा बम विस्फोट - Chaitanya News
  • 2026-09-13
  • 19:43:11
  • आइतबार,भाद्र २८, २०८३
  • सुनसरीको बर्ज गाउँपालिकाको ५ को मतदान केन्द्रमा बम विस्फोट

    सुनसरीको बर्ज गाउँपालिकाको ५ को मतदान केन्द्रमा बम विस्फोट

    काठमाडौं– सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा बम विस्फोट भएको छ।

    मतदान सुरु हुनासाथ बिहान ८ बजे मतदान परिसरमै सुतली बम विस्फोट भएको हो। विस्फोटमा मानवीय क्षति भने नभएको बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छकुमार रायले बताए।

    स्थानीय विवेककुमार मेहताका अनुसार बिहान बम विस्फोट भएलगत्तै मतदानका लागि आएका सर्वसाधारणलाई परिसरमा जान रोकिएको थियो। बम विस्फोट भएसँगै मतदान केन्द्रनजिक अर्को शंकास्पद बस्तु भेटिएको थियो।

    अध्यक्ष रायले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु डिस्पोज गरिसकेको जानकारी दिए।