काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन निर्देशन दिएको छ। केन्द्रले तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिएको हो।
केन्द्रका उपसचिव हीरामणि सुवेदीले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ (३) बमोजिम प्रधानमन्त्रीस्तरबाट भएको निर्णय कार्यान्वयन गर्न तीनै तहका सरकारलाई भनेका हुन्।
प्रचलित कानुनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि कराररअस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न र नगराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयहरूलाई लेखी पठाउन राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन नियमावली, २०६५ को नियम ७ (३) बमोजिम त्यहाँ मन्त्रालयलाई निर्देशन दिने भनी मिति २०८०–१०–२९ को निर्णय (सम्माननीय प्रधानमन्त्रीस्तर) भएकोले सोही बमोजिम कार्यान्वयनको लागि अनुरोध छ’, केन्द्रले भनेको छ।
![]()