दार्चुलाको दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा प्रेसर कुकर बम फेला - Chaitanya News
  • 2026-06-11
  • 13:29:03
  • बिहिबार,जेठ २८, २०८३
  • दार्चुलाको दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा प्रेसर कुकर बम फेला

    दार्चुलाको दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा प्रेसर कुकर बम फेला

    दार्चुला– दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला परेको छ। नेकपा विप्लव समूहले दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा बम राखेको हो। बमलाई नेपाली सेनाको विष्फोट टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

    विप्लव समूहले निर्वाचनमा डर, भय, त्रास सिर्जना गर्न कुकरभित्र सिसा र माटो राखेको पाइएको उनले बताए। बिहान २ बजे नै पुलमा बम देखेपछि सवारी साधनहरू रोकिएका थिए।