मतदान गर्न भनि भारतबाट घर फर्किएका व्यक्तिको मृत्यु - Chaitanya News
  • 2026-04-26
  • 10:48:02
  • आइतबार,बैशाख १३, २०८३
  • मतदान गर्न भनि भारतबाट घर फर्किएका व्यक्तिको मृत्यु

    मतदान गर्न भनि भारतबाट घर फर्किएका व्यक्तिको मृत्यु

    डोटी– डोटीको जोरायल–३ मा एक जना पुरुष मृत फेला परेका छन्।

    जोरायल गाउँपालिका–३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका –३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मृतकको शव नजिकै झोला सहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ। मदिरा सेवन गरि राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

    भारतको सिम्लामा काम गर्दै आएका ओली निर्वाचनमा मतदानका लागि घर फर्केका थिए।