काठमाडौं– एसीसी वुमन्स प्रिमियर कपमा नेपाली क्रिकेट टोलीकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासले कीर्तिमानी अर्धशतक प्रहार गरेकी छिन्।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनाएको छ।
नेपालकी रुविना क्षेत्री ४४ बलमा ६ चौका र २ छक्कासहित ७५ रनमा क्रिजमा छिन्।
रुविनाको महिला टी–२० आईमा यो दोस्रो अर्धशतक हो। यसअघि उनले २०२१ नोभेम्बरमा कतारविरुद्ध ५० रन बनाएकी थिइन्।
रुविना नेपालबाट महिला टि–२० आईमा दुई अर्धशतक हान्ने पहिलो खेलाडी बनेकी छिन्।
उनी बाहेक नेपालबाट सीता रानामगर ८२ र इन्दु बर्माले ५५ रन त्यसै कतारविरुद्ध सिरिजमा बनाएका थिए। अन्य कुनै पनि ब्याटरले महिला टी–२० आईमा अर्धशतक प्रहार गरेका छैनन्।