क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले पहिलो विकेट गुमायो - Chaitanya News
  • 2026-06-07
  • 17:39:16
  • आइतबार,जेठ २४, २०८३
  • क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले पहिलो विकेट गुमायो

    क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले पहिलो विकेट गुमायो

    काठमाडौँ– क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले धमाकेदार सुरुवात गरेको छ। ५ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ४५ रन बनाएको हो।

    कुशल भुर्तेल १३ रन बनाएर डिलोन हेलिगरको बलमा बोल्ड भए। अर्का ओपनर अनिल साहले १५ बलमा २५ रन बनाएर खेलिरहेका छन्। उनले ५ चौका हिर्काएका छन्। क्यानडाले नेपालसामु २ सय ३३ रनको लक्ष्य राखेको छ।