एक दिवसीय सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै - Chaitanya News
  • 2026-06-07
  • 17:38:54
  • आइतबार,जेठ २४, २०८३
  • एक दिवसीय सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै

    एक दिवसीय सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै

    काठमाडौँ– क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका छन्। यस सङै क्यानडाले पहिला ब्याटिङ गर्नेछ।

    नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो। पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो। आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

    नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र ललितनारायण राजवंशी छन्। क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोही, पर्गत सिंह र उदय भगवान् सिंह छन्।