एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा कीर्तिपुर मैदानबाट ५० जना पक्राउ - Chaitanya News
  • 2026-04-26
  • 10:47:06
  • आइतबार,बैशाख १३, २०८३
  • एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा कीर्तिपुर मैदानबाट ५० जना पक्राउ

    एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा कीर्तिपुर मैदानबाट ५० जना पक्राउ

    काठमाडौं– नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ। कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले बताए।

    पक्राउ पर्नेहरू अधिकांश भारतिय मुलका छन्। उनीहरुमध्ये धेरैजना बेटिङ गराउनकै लागि भारतबाट आएको आशंका गरिएको छ। मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ।

    शुक्रवार नेपाल र युएई बीचको सिरिज अन्तर्गत अन्तिम खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा चलिरहेको छ।