महोत्तरीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप,कुटाइबा पाँच जना घाइते - Chaitanya News
  • 2026-04-26
  • 10:48:34
  • आइतबार,बैशाख १३, २०८३
  • महोत्तरीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप,कुटाइबा पाँच जना घाइते

    महोत्तरीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप,कुटाइबा पाँच जना घाइते

    महोत्तरी– महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन्।

    स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबा६ पाँचजना घाइते भएका छन्। ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने।

    आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन्। उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

    रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ।

    एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए। माओवादीले भने घटनाको भत्सर्ना गरेको छ। माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए। ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने।