दुई सचिवको सरुवा, शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाल - Chaitanya News
  • 2026-06-07
  • 16:40:22
  • आइतबार,जेठ २४, २०८३
  • दुई सचिवको सरुवा, शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाल

    दुई सचिवको सरुवा, शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाल

    काठमाडौँ– दुई सचिवको सरुवा भएको छ। शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। आज (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो। गेलालले आज पत्र बुझेका छन्।

    यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

    त्यसो त असोज दोस्रो साता नै गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गर्ने भनिएको थियो। तर पछि सच्याइएको थियो।