प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले जित्यो उपाधि - Chaitanya News
  • 2026-06-07
  • 16:50:50
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले जित्यो उपाधि

    प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले जित्यो उपाधि

    काठमाडौँ– नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेको छ।

    आर्मी क्लबले दिएको १८२ रनको लक्ष्य ३७।५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। प्रहरी क्लबका लागि शङ्कर रानाले अर्द्धशतक प्रहार गरे। उनले ४३ बलमा पाँच चौका र चार छक्काको मद्दतले ६२ रन बनाए।

    त्यस्तै, अर्जुन साउँदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले २७, कुशल भुर्तेलले १४ र दिलिप नाथले सात रन बनाए। आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शहाव आलम र बसिर अहमदले एक(एक विकेट लिए।

    यअसघि ब्याटिङ गरेको आर्मीले ४९।५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। आमीका लागि विवेक यादवले अर्धशकत प्रहार गरे। उनले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाएका थिए।

    त्यस्तै, कामीले ३९ र कुशल मल्लले १७ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंंक पनि जोड्न सकेका थिएनन्। प्रहरी क्लबका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन(तीन तथा सागर ढकाल, करण केसी र कुशल मल्लले एक(एक विकेट लिएका थिए।