नेपालले आईसीसी यू–१९ विश्वकप: भारतविरुद्ध नेपाललाई दोस्रो सफलता - Chaitanya News
  • 2026-06-07
  • 16:50:51
  • आइतबार,जेठ २४, २०८३
  • नेपालले आईसीसी यू–१९ विश्वकप: भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

    नेपालले आईसीसी यू–१९ विश्वकप: भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

    काठमाडौं– नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ। नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो। चौथो रन लिनेक्रममा उनी रन आउट भएका थिए।

    दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए। उक्तक्रममा उनी रन आउट भए। टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १३।२ ओभरमा २ विकेट गुमाउँदै ६१ रन बनाएको छ। भारतका आर्शिन कुलकर्णी २९ बलमा २ चौकासहित १८ रनमा नट आउट छन्।

    नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए। गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए। बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए। उनले १८ बलमा ४ चौका प्रहार गरे।

    पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन्। नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ।