चर्च ब्वाइजलाई २–१ ले हराउँदै आर्मी आहारारा गोल्डकपको फाइनलमा - Chaitanya News
  • 2026-08-02
  • 02:31:55
  • शनिबार,साउन १६, २०८३
  • चर्च ब्वाइजलाई २–१ ले हराउँदै आर्मी आहारारा गोल्डकपको फाइनलमा

    चर्च ब्वाइजलाई २–१ ले हराउँदै आर्मी आहारारा गोल्डकपको फाइनलमा

    पोखरा– चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २–१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ।

    पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए।

    यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।

    ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए।

    आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।