जावलाखेललाई १–० ले हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा - Chaitanya News
  • 2026-08-02
  • 02:33:03
  • शनिबार,साउन १६, २०८३
  • जावलाखेललाई १–० ले हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

    जावलाखेललाई १–० ले हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

    काठमाडौं– जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ।

    थ्री स्टारलाई जिताउन दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे। घलेले टिममेट दीपेश आलेको असिस्टमा गोल गरेका हुन्।

    थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ।