प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध आसिफको शतक - Chaitanya News
  • 2026-06-07
  • 16:51:05
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध आसिफको शतक

    प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध आसिफको शतक

    काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबका ओपनर आसिफ शेखले कर्णाली प्रदेशविरुद्ध शतक हानेका छन्।
    आसिफले ११२ बलमा आफनो पिएमकपको दोस्रो शतक पूरा गरे।

    आसिफले दिनेश अधिकारीलाई ४० औं ओभरको तेस्रो बलमा थर्डम्यानमा कट मार्फत चौका हान्दै शतक पूरा गरेका थिए। आसिफ ११४ बलमा १० चौका र २ छक्कासहित १०७ रनमा क्रिजमा छन्।

    यसअघि आसिफ शेखले २०२२ को कर्णालीविरुद्ध नै १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए।

    जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको छ।

    एक समय ९२–६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले ८५ रनको साझेदारी गर्दै जितको सम्भावना बढाएका छन्। राउटेला ६२ रनमा १ छक्कासहित २२ रनमा क्रिजमा छन्।