१) १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व कति रहेको छ ?
A) १६१ जना प्रतिवर्ग कि.मि. B) १८१ जना प्रतिवर्ग कि.मि.
C) १९३ जना प्रतिवर्ग कि.मि. D) १९८ जना प्रतिवर्ग कि.मि.
२) तलका कथन अध्ययन गर्नुहोस् र ठिक अथवा वेठिक के हो ? छुट्याउनुहोस् ।
१) अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल ७६२९ वर्ग किलोमिटर रहेको छ ।
२) अन्नपूर्ण संरक्षण क्षेत्र ५ वटा जिल्लामा फैलिएको छ ।
A) १ ठिक १ वेठिक B) २ ठिक १ वेठिक C) दुवै वेठिक D) दुवै ठिक
३) विद्युतबाट उड्ने जहाजको आविष्कार गर्ने मुलुक कुन हो ?
A) जापान B) चीन C) अमेरिका D) रुस
४) देहायका कथनहरुमध्ये कुन सही छन् ?
1. ’चट्याङको देश’ उपनामले भुटानलाई चिनिन्छ ।
2. चट्याङ उत्पन्न गराउने बादललाई मौसम विज्ञानमा क्युमिलोनिम्बस भनिन्छ ।
3. चट्याङ 3 प्रकारले हुने गर्दछ ।
4. चट्याङ सम्बन्धी 2 दिने अन्तराष्ट्रिय सम्मेलन 2016 काठमाडौमा आयोजना भएको थियो ।
(A) 1, 2 र 4 सही (B) 1, 2 र 3 सही (C) 1, 3 र 4 सही (D) 1, 2, 3 र 4 सबै सही
४) नेपालमा सम्पन्न चौथो बिमष्टेक सम्मेलनले १४ वटा सहयोगका क्षेत्रहरु बढाएर कति बनाउने घोषणा गरेको छ ?
A) १५ B) १६ C) १७ D) १८
५) “मसान” राष्ट्रकवि माधव प्रसाद घिमिरेको हो भने “गौरी” कसको कृति हो ?
A) माधव प्रसाद घिमिरे B) गोपाल प्रसाद रिमाल
C) बालकृष्ण सम D) लक्ष्मी प्रसाद देवकोटा
६) सगरमाथा दिवस मे २९ मा मनाइन्छ भने विश्व सम्पदा दिवस कहिले मनाइन्छ ?
A) जुन १८ B) जुलाई १८ C) अप्रिल १८ D) मे १८
७) ‘हस्तकला नगरी’ भनि घोषित भएको नेपालको महानगरपालिका कुन हो ?
A) काठमाण्डौं B) पोखरा C) बिरगञ्ज D) ललितपुर
८) तलका मध्ये पहाडी प्रदेशको विशेषता कुन होइन ?
A) यहाँका पुरुषहरु दउरा सुरुवाल र महिलाहरु गुन्यु चोलो लगाउँछन् ।
B) यो क्षेत्रमा मानव स्वास्थ्यका लागि स्वस्थकर हावापानी पाइन्छ ।
C) यहाँका मानिसको मुख्य पेशा कृषि हो ।
D) यहाँ वर्षैभरि एकैनासको हावापानी पाइन्छ ।
९) निम्न पर्वतहरु कुन–कुन जिल्लामा पर्दछन् ? जोडा मिलाउनुहोस् ।
(ताल) पर्वत श्रृङ्खलाहरु जिल्ला
a. मकालु. 1. सिन्धुपाल्चोक
b. पुमोरी 2. दोलखा
c. गौरीशंकर 3. सोलुखुम्बु
d. दोर्जे लाक्पा 4. संखुवासभा
A) a–3, b–4, c–2, d–1 B) a–4, b–3, c–2, d–1
C) a–2, b–1, c–4, d–3 D) a–4, b–2, c–1, d–3
१०) संयुक्त राष्ट्र संघको महासभाको सहायक महासचिव पदमा काम गरिसकेका नेपाली को हुन् ?
A) ऋषिकेश शाह B) दुर्गाप्रसाद भट्टराई C) भोजराज घिमिरे D) कुलचन्द्र गौतम
११) १६ औं यूरोकप २०२० को सर्वोत्कृष्ट खेलाडीको उपाधी कसले प्राप्त गरेका हुन् ?
A. Gianluigi Donnarumma B. Pedri Gonzalez
C. माथिका दुबै D. कुनै पनि होइन
१२) विश्व खुशी सुचाङ्क २०२१ मा नेपालले (५.२६) अंक प्राप्त गरि कतिऔं स्थानमा ओगटेको छ ?
A. 87 औं स्थान B. 77 औं स्थान C. 68 औं स्थान D. 85 औं स्थान
१३) समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. अमाली प्रथा खारेजी 1. वि.सं. १९६९
b. गोरखा भाषा प्रकाशनी समितिको स्थापना 2. वि.सं. १९६९
c. सति प्रथाको उन्मूलन 3. वि.सं. १९७०
d. काठमाडौंमा टेलिफोन सुरुवात 4. वि.सं. १९७७
A) a–1, b–2, c–3,d–4 B) a–1, b–3, c–4, d–2 C) a–1, b–2, c–4, d–3 D) a–1, b–4, c–3, d–2
१४) पन्ध्रौं योजना अनुसार गरिवीको रेखामुनि रहेको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य दिएको छ ?
A) ९.५% B) १०.५% C) ११.५% D) १३.५%
१५) ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार — २०७९’ कसलाई प्रदान गर्ने निर्णय गरियो ?
A) प्रा.डा. गोविन्दराज भट्टराई B) नरबहादुर दाहाल
C) शर्मिलाकुमारी चौधरी D) खेन्पो डवाङ वोसेर लामा शेर्पा
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100